Friday, May 16, 2025

ट्रेन्डिङ :

भारतले अर्को पुस्ताको आणविक इन्धन पाउने छ– रुसी आणविक एजेन्सी प्रमुख

spot_img
spot_img

रुसी राज्य आणविक निगम–रोसाटोमका प्रमुख एलेक्सी लिखाचेभले भारतले यो गर्मीमा अर्को पुस्ताको आणविक इन्धन प्राप्त गर्ने बताउनुभएको छ । रुसी टुडे (आरटी) का अनुसार उहाँले भारतलाई आणविक क्षेत्रमा प्रमुख साझेदार रहेको बताउनुभएको छ । 

आणविक ऊर्जा आयोगका अध्यक्ष अजीतकुमार मोहन्तीलाई बिहीबार रुसको साइबेरियाको टम्स्क क्षेत्रमा रुसी आणवकि प्रमुख लिखाचेभले स्वागत गर्नुभयो । 

आरटी–इन्डियाको रिपोर्टअनुसार रुसी आणविक प्रमुखले मोहन्तीलाई इतिहासमा सबैभन्दा सुरक्षित आणविक भट्टीको आयोजना गर्ने चौथो पुस्ताको साइट देखाउनुभयो । यसका साथै रोसाटोमका प्रमुख लिखाचेभले भारतलाई आणविक क्षेत्रमा प्रमुख साझेदार भन्दै दुवै मुलुकबीचको सहकार्यको प्रशंसा गर्नुभयो । 

यसअघि बिहीबार मोहन्ती र रोसाटोम प्रमुख लिखाचेभले टम्स्क क्षेत्रको सेभर्स्कमा भेटवार्ता गर्नुभएको थियो । 

रोसाटोमले जारी गरेको विज्ञप्तिअनुसार रुसी र भारतीय आणविक उद्योगका नेताहरूले ‘प्रोरिभ’ (द ब्रेकथ्रु) रणनीतिक उद्योग परियोजनाको एक भागका रूपमा टम्स्क क्षेत्रको सेभेर्स्कमा निर्माणाधीन पाइलट प्रदर्शन ऊर्जा परिसर (पिडिइसी) स्थलको भ्रमण गरेका छन् । 

संयुक्त भ्रमणका क्रममा आणविक क्षेत्रमा रुस–भारत सहयोगका सम्भावित क्षेत्रहरूमा पनि विस्तुत छलफल भएको छ । 

“हामी शान्तिपूर्ण उद्देश्यका लागि आणविक ऊर्जाको प्रयोग क्षेत्रमा भारतसँग सहयोगको गम्भीर विस्तारका लागि तयार छौँ, भारतमा नयाँ साइटमा रुसी–डिजाइन डिजाइन गरिएको उच्च क्षमताको आणविक ऊर्जा एकाइहरूको क्रमिक निर्माण र कार्यान्वयन समावेश छ”, लिखाचेभले भन्नुभयो । 

आणविक ऊर्जा आयोगका अध्यक्ष मोहन्ती रुसका लागि भारतीय राजदूत विनय कुमारसँग रुसको टम्स्क क्षेत्रको भ्रमणमा हुनुहुन्छ । 

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?