Monday, April 28, 2025

ट्रेन्डिङ :

मिसन-८४ मा एमाले कसैसँग मोर्चाबन्दी नगरी एक्लै चुनाव लड्छ, बहुमत ल्याउन्छ : अध्यक्ष ओली

spot_img
spot_img

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचन एमालेले एक्लै लडेर बहुमत ल्याउने दाबी गर्नुभएको छ । 

आज भक्तपुरमा आयोजित एमालेको नवौँ जिल्ला अधिवेशनबाट निर्वाचित पदाधिकारीको शपथग्रहण कार्यक्रममा उहाँले आगामी निर्वाचनमा एमालेले कोहीसँग पनि मोर्चाबन्दी नगर्ने स्पष्ट पार्नुभयो । 

एमालेसँग वैचारिक सङ्घर्ष गर्न नसक्नेहरुले एमालेमाथि प्रहार गरिरहेको बताउँदै पूर्वप्रधानमन्त्री रहनुभएका एमाले अध्यक्ष ओलीले चुुनावमा एक्लै जान आँट नहुनेहरुले मोर्चाबन्दी गर्ने गरेको आरोप लगाउनुभयो । उहाँले आगामी निर्वाचनमा एमालेले कोहीसँग मोर्चाबन्दी नगरी एक्लै चुनावमा गएर बहुमत ल्याउने दाबी गर्नुभयो । 

एमाले देशको निर्णायक शक्ति बन्न खोजेकाले त्यसो हुन नदिन चाहनेले एमालेविरुद्ध मित्थ्या आरोप लगाउने गरेको दाबी गर्नुभयो । अध्यक्ष ओलीले एमाले एक्लैले बहुमत ल्याउनेगरी मिसन–८४ को अभियानमा होमिएको भन्दै आफ्नो शक्तिमा बहुमत बनाउने, एकल बहुमत ल्याएर अरूलाई पनि औलामा डो¥याएर हिँड्ने र हातेमालो गरेर देशको विकासमा लम्किने बताउनुभयो ।  

अध्यक्ष ओलीले फाटो ल्याउने, विभाजन र गुटबन्दी गर्नेलाई पार्टीभित्र ठाउँ नभएको बताउनुभयो । उहाँले पार्टीभित्र आन्तरिक सङ्घर्ष गरेर नभई एकताबद्ध भएर मिसन–८४ सफल पार्न निर्वाचितहरुलाई निर्देशन दिनुभयो । 

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?