Sunday, April 20, 2025

ट्रेन्डिङ :

फिस्लिङ दुर्घटना: कार चालकको उपचारको क्रममा मृत्यु

spot_img
spot_img

चितवन । पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना–३ फिस्लिङ बजार नजिकै शुक्रबार  बिहान भएको सवारी दुर्घटनामा परी घाइते भएका कार चालकको मृत्यु भएको छ ।  

दुर्घटनामा कार चालक कास्कीको पोखरा महानगरपालिका–५ का ३५ वर्षीय समीर ओझाको उपचारका क्रममा पुरानो मेडिकल कलेज भरतपुरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

बाँकेको नेपालगञ्जबाट काठमाडौँतर्फ गइरहेको भे १ ख ४०६० नम्बरको यात्रुबाहक बस र काठमाडौँबाट मुग्लिनतर्फ आइरहेको बागमती प्रदेश ०२–०२९च ३७२० नम्बरको कार ठोक्किएर उक्त दुर्घटना भएको हो । दुर्घटना परी १३ जना घाइते भएका छन् ।

घाइते मध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । कारसँग ठोक्किएपछि बस त्रिशूली नदी किनारमा खसेको थियो । 

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?