६ श्रावण २०८१, आईतवार | Sun Jul 21 2024

Logo

हेर्नुहोस्, यस्तो रहेको छ आजको मौसम पूर्वानुमान !



काठमाडौँ । हाल देशको पूर्वी भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू-भागमा स्थानीय वायु, पश्चिमी वायु तथा भारतको विहार आसपास रहेको न्यून चापीय  क्षेत्रको आंशिक प्रभाव रहेको छ ।

हाल कोशी प्रदेशमा साधारणतया बदली, मधेश प्रदेश र बागमती प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली भई बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ। कोशी, बागमती र गण्डकी  प्रदेशको एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम  वर्षा भइरहेको छ ।

आज दिउँसो कोशी, मधेश र बागमती  प्रदेश लगायत गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरुमा तथा मधेश प्रदेश लगायत बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । 

त्यस्तै आज राती कोशी र मधेश प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी प्रदेश केही स्थानहरूमा साथै बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा तथा मधेश प्रदेश लगायत बाँकी भू-भागका एक-दुई स्थानमा  मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। 


प्रतिक्रिया दिनुहोस !