१६ चैत्र २०८०, शुक्रबार
 |   Fri Mar 29 2024
Logo

क्यान्सर पिडित प्रसिद्ध संगीतकर्मी एडी भान हालनको निधन



एजेन्सी । प्रसिद्ध संगीतकर्मी एडी भान हालनको निधन भएको छ । श्रद्धेय गितारवादक तथा प्रशिद्ध रक ब्याण्ड भान हालनका संस्थापक एडीको ६५ वर्षको उमेरमा क्यान्सरका कारण निधन भएको हो ।

उनका छोराले निधनको पुष्टि गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । डच–अमेरिकन संगीतकर्मी एडी घाँटीको क्यान्सरसँग लडिरहेका थिए । उनको ब्याण्ड भान हालन जम्प गीतका लागि चर्चित छ ।

सो गीत सन् १९८४ मा अमेरिकी चार्टमा शीर्ष स्थानमा पुगेको थियो । उनका छोला वुल्फग्याङ्गले सामाजिक सञ्जालमा पिताप्रति सम्मान प्रकट गर्दै एडी उत्कृष्ट पिता रहेको बताएका छन् ।

एडीको निधन सम्बन्धी खबर सबैभन्दा पहिले सेलिब्रेटी न्यूज सम्बन्धी अमेरिकी वेबसाइट टिएमजेडले सबैभन्दा पहिले प्रकाशित गरेको थियो ।

भान हालनको मंगलबार क्यालिफोर्निया स्थित सेन्ट जोन्स हस्पिटलमा निधन भएको हो। उनको निधनका बेला परिवारका सदस्य उपस्थित रहेको टिएमजेडले उल्लेख गरेको छ ।


प्रतिक्रिया दिनुहोस !