७ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 19 2024
Logo

जनप्रतिनिधिहरूका लागि प्रभावकारी सञ्चार र सूचना सञ्जालीकरण तालिम



गोरखापत्र अनलाइन । गाउँपालिका राष्ट्रिय महासंघ नेपाल र वल्र्डभ्यू नेपालको संयुक्त आयोजनामा “गाउँपालिकाहरूका लागि प्रभावकारी सञ्चार र सूचना सञ्जालीकरण बिषयक भर्चुअल अभिमुखीकरण कार्यक्रम”२०७७ सुरु भएको छ ।
सात वटै प्रदेश अन्तरगत रहेका ७५ जिल्लाका गाउँ पालिकाबाट गाउँपालिका प्रवक्ता, सूचना प्रविधि अधिकृत र दलित महिला गाउँपालिका सदस्यको सहभागितामा १७ भिन्न क्लष्टरमा यी तालिम संचालन भईरहेको बल्र्ड भ्यू नेपालले जनाएको छ ।

तालिमको छैठौं दिनसम्म सेक्टरमा संचालित अभिमुखीकरण कार्यक्रममा सुदूरपश्चिम,कर्णाली,प्रदेश नं ५,गण्डकी, वागमती, प्रदेश नं २ समेतका ३ सय ५० भन्दा गाउँपालिकाका करीव ६ सय भन्दा प्रतिनिधिहरुले सहभागीता जनाइसकेका छन् । कार्यक्रममा गाउँपालिका प्रवक्ता, महिला प्रतिनिधि र सूचना प्रविधि अधिकृत गरी करीव एक हजार भन्दा बढी व्यक्तिहरुले अनुशिक्षण पाउनेछन् । उक्त कार्यक्रम असोज १५ गतेदेखि सुरु भएको हो कार्यक्रम असोज २३ गतेसम्म संचालन हुने छ ।

भर्चुअल अभिमुखीकरण कार्यक्रममा सामाजिक सञ्जालका माध्यमहरूको प्रभावकारी उपयोग र अवसरहरू, वेभमा आधारित एप्लिकेशन, ईलेक्ट्रोनिक डिभाइस र इन्टरनेट सेक्यूरिटीको प्रयोग र महत्व, गाउँपालिका निर्णय तथा सूचनाहरूको सार्वजनिकीकरण, सञ्चार माध्यमहरुसँगको सम्बन्ध व्यवस्थापन,समाचार तथा प्रेस नोटहरुको लेखन र अन्तरवार्तामा ध्यान दिनुपर्ने कुराहरु,साईवर सेक्युरिटी र सामाजिक सञ्जाल प्रयोगका रणनीति जस्ता विषय समावेश गरिएका छन् ।

सहजीकरणमा संचारकर्मी केदार शर्मा र रमेश खड्काले सहजीकरण गर्नु भएको छ । गाउँपालिका महासंघबाट भएका प्रस्तुतिहरुमा विमल पोखरेल,राजेन्द्र प्याकुरेल, आशिष मानन्धर,गीता श्रीस,निता राउतले भिन्न दिनहरुमा सहजीकरण गरिरहनु भएको छ ।

गाउँपालिका राष्ट्रिय महासंघका अध्यक्ष होमनारायण श्रेष्ठले भर्चुअल माध्यमबाट भएको कार्यक्रमले सामाजिक सञजलका माध्यमहरुलाई कसरी सकारात्मक रुपमा उपयोग गर्ने र गाउँपालिकाहरुमा भएका असल अभ्यासहरुलाई कसरी सञ्जालीकरण गर्ने सम्बन्धमा महत्वपूर्ण सिकाइ बताउनुभयो ।

अध्यक्ष श्रेष्ठले प्रभावकारी संचारसम्बन्धी यो कार्यक्रम उपलब्धीमूलक भएको बताउभयो । देशभरका सबैजसो गाउँपालिकाको प्रतिनिधित्व हुने कार्यक्रममा गाउँपालिका प्रवक्ता,महिला कार्यपालिका सदस्य र सूचना प्रविधि अधिकृत गरी एकहजारभन्दा बढीको सहभागिता हुनेछ ।


प्रतिक्रिया दिनुहोस !