Monday, May 19, 2025

ट्रेन्डिङ :

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको वेबसाइट ह्याक

spot_img
spot_img

सुदूरपश्चिम प्रदेश, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको वेबसाइट आज ह्याक भएको छ ।

कार्यालयका सूचना अधिकारी जगदीशप्रसाद जोशीले वेबसाइट ह्याक भएको जानकारी पाउना साथ काठमाडौँस्थित सूचना प्रविधि विभागमा खबर गरेर साइट ‘रिकभर’ गर्ने प्रयास गरिएको बताउनुभयो । 

“कार्यालयको वेबसाइट खोल्दा क्याप्टन स्मोकर थ्रीआर भन्ने कुकिजले ह्याक गरेको देखाउँछ”, जोशीले भन्नुभयो, “बिहानदेखि कार्यालयको वेबसाइट बन्द हुँदा सूचना राख्ने र हेर्नेलगायत काममा बाधा पुगेको छ, साँझसम्म रिकभर हुन सकेको छैन ।” 

वेबसाइटको ‘सेक्युरिटी लक’ को व्यवस्था नगर्दा ह्याकरलाई वेबसाइट ह्याक गर्न सहज हुने प्रविधिक्षेत्रका जानकारहरु बताउँछन् ।  

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?