७ श्रावण २०८१, सोमबार | Mon Jul 22 2024

Logo

मधेस प्रदेशका मुख्यमन्त्री सिंहले पाए विश्वासको मत



मुख्यमन्त्री सिंह विश्वासको मतपश्चात् गोदार (धनुषा), २२ असार : मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह शनिबार विश्वासको मत पाएपछि प्रदेशसभा सदस्यलगायतका नेताहरूसँग सामूहिक तस्बिरमा । तस्बिर : अमरेन्द्रकुमार यादव/रासस

मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेशसभाका बहुमत सदस्यको विश्वासको मत पाएका छन्। शनिबार मुख्यमन्त्री सिंहले नेपालको संविधानको धारा १६८ को उपधारा ४ अनुसार विश्वासको मत लिएकोमा उनको पक्षमा ६७ जनाले मतदान गरेका छन्।

प्रदेशसभा बैठकमा १०१ जना उपस्थित रहेकोमा उनको पक्षमा ६७ जना र विपक्षमा ३४ जनाले मतदान गरेका हुन्।

जनमत पार्टीबाट मुख्यमन्त्री बनेका सिंहको पक्षमा जनमतसहित नेकपा एमाले, नेपाली कांग्रेस, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र नागरिक उन्मुक्ति पार्टीले मतदान गरेको छ।

जसपा नेपाल, माओवादी केन्द्र, नेकपा एस, नेपाल संघीय समाजवादी पार्टी नेपालले भने विपक्षमा मतदान गरेको हो । राप्रपा भने अनुपथित थियो ।


प्रतिक्रिया दिनुहोस !