७ श्रावण २०८१, सोमबार | Mon Jul 22 2024

Logo

नारायणी नदीमा फसेका २ जनाको सशस्त्रका गोताखोरले गरे उद्वार



चितवन । असार २२ गते साँझ पूर्वी नवलपरासी जिल्लाको गैडाकोट नगरपालिका–६ बुटवल बजारस्थित नारायणी नदीको भंगालमा माछा मार्ने क्रममा फसेका २ जना व्यक्तिको करीव  ५ घन्टापछि सशस्त्र प्रहरी बलको गोताखोरले सकुशल उद्वार गरेको छ ।

माछा मार्ने क्रममा ३ जना फसेकोमा एक जना पौडिएर बाहिर आएका थिए । बांकी २ जनाको सशस्त्र  प्रहरी बल नेपाल बिपद् ब्यबस्थापन तालिम शिक्षालय कुरिनटारबाट गएको  गोताखोरले शनिबार राती सवा १० बजे सकुशल उद्वार गरेको हो ।

घटना बारे जानकारी पाए पश्चात् कुरिनटारबाट  गोताखोर पठाइएको थियो । उद्वार गरिएकाहरुमा गैंडाकोट नगरपालिका–५ बस्ने ५० बर्षका ओम बहादुर गुरुङ्ग र ४२ बर्षका खुम बहादुर गुरुङ्ग रहेका छन् । बाढिमा फसेका बर्ष ३५ का रमेश बोट भने आफै पौडिएर निस्किएका थिए ।


प्रतिक्रिया दिनुहोस !