७ श्रावण २०८१, सोमबार | Mon Jul 22 2024

Logo

अर्जेन्टिना कोपा अमेरिकाको फाइनलमा



काठमाडौं । अर्जेन्टिना कोपा अमेरिकाको फाइनलमा पुगेको छ । जारी कोपा अमेरिकाको सेमिफाइनलमा क्यानडालाई २-० गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना प्रतियोगिताको फाइनलमा पुगेको हो ।

अर्जेन्टिनाको जितमा जुलियन अल्भारेज र लियोनेल मेसीले एक एक गोल गरेका थिए । अल्भारेजले खेलको २२औँ मिनेटमा गोल गर्दै अर्जेन्टिनालाई शुरुवाती अग्रता दिलाएका थिए भने मेसीले खेलको ५१औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर पारेका थिए ।

यो जितसँगै अर्जेन्टिना कोपा अमेरिकाको फाइनलमा पुगेको छ । १५ पटक कोपा अमेरिकाको उपाधि जितेको अर्जेन्टिना योसहित ३० पटक कोपा अमेरिकाको फाइनलमा पुगेको हो ।

अब फाइनलमा अर्जेन्टिनाले कोलम्बिया र उरुग्वेबीचको विजेतासँग खेल्ने छ ।

फाइनल खेल जुलाई १५ मा हुने छ ।


प्रतिक्रिया दिनुहोस !