१६ चैत्र २०८०, शुक्रबार
 |   Fri Mar 29 2024
Logo

भरतपुर-२० का वडाध्यक्षकाे काेराेना संक्रमणबाट मृत्यु



चितवन । कोरोना संक्रमणको कारण भरतपुर महानगरपालिका वडा नं २० का वडाध्यक्ष मणिलाल तामाङको निधन भएको छ । ७० वर्षिय तामाङको भरतपुर अस्पतालमा उपचारको क्रममा आईतबार बिहान ११ः३० बजे मृत्यु भएको भरतपुर अस्पतालले जनाएको हो । असोज १४ गते पिसिआर परीक्षण गरिएकोमा १६ गते उहाँको कोरोना पोजेटिभ देखिएकोे थियो । उच्च ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भएपछि असोज २३ गते मात्र अस्पताल भर्ना गरिएको थियो ।

पारिवारिक स्रोतका अनुसार उहाँमा मधुमेह, उच्च रक्तचापको समस्या थियो । अस्पताल भर्ना गर्दा अक्सिजनको मात्रा ४० मा झरेपछि उनलाई सघन उपचार कक्षमा राखेर उपचार गरिएको अस्पतालका कोभिड-१९ क्लिनिकल कोअर्डिनेटर डा. प्रमोद पौडेलले जानकारी दिनुभयो । उपचारको क्रममा अवस्था जटिल बन्दै गएपछि भ्यान्टिलेरमा राखेर उपचारका क्रममा उहाँको मृत्यु भएको हो । उहाँ नेपाली कांग्रेसका तर्फबाट निर्वाचित वडाअध्यक्ष हुनुहुन्थ्यो ।


प्रतिक्रिया दिनुहोस !