Friday, September 13, 2024

ट्रेन्डिङ :

‘तिलगंगा नेत्र विश्वविद्यालयसम्बन्धी विधेयक चालु अधिवेशनबाट पारित हुन्छ’

प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले तिलगंगा नेत्र विश्वविद्यालयसम्बन्धी विधेयक चालू अधिवेशनबाटै पारित गर्न आफूले सक्दो पहल गरिरहेको बताउनुभएको छ ।

डा. सन्दुक रुइतले आँखाको क्षेत्रमा कमाएको अन्तर्राष्ट्रिय ख्यातीलाई समेत ध्यानमा राखेर आफूले सो विश्वविद्यालय सम्बन्धि विधेयक संसदमा दर्ता गर्ने काममा पनि सहयोग गरेको र त्यसलाई संसदको चालु अधिवेशनबाटै पारित गराउन पनि आफ्नो प्रयत्नलाई जारी राखेको उहाँको भनाइ थियो ।

सभामुख घिमिरेले भन्नुभयो, ‘‘आँखाको क्षेत्रमा डा. सन्दुक रुइतले खेल्नुभएको भूमिकालाई हामीले कसरी अगाडि लैजान सकिन्छ ? आजभन्दा दुई महिना अगाडि  मात्रै हो– त्यहाँबाट एउटा टिम तिलगंगा अस्पतालको तर्फबाट आउनुभयो । तिलगंगा नेत्र विश्वविद्यालय र त्यसका कानुन बनाउनुपर्नेभयो । त्यो विश्वविद्यालयको ऐन पास गर्नुपर्ने भयो । त्यो विधेयक छिटो पास गर्नका लागि सहयोग गर्नु पर्‍यो भनेर उहाँले आएर कुरा गर्नुभयो ।’’

ताप्लेजुङ सरोकार केन्द्रले शनिबार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै सभामुख घिमिरेले सो विश्वविद्यालय बनेपछि नेपालले आँखाको क्षेत्रमा अध्ययन, अनुसन्धान लगायतका कामलाई अघि बढाउने कामलाई सहज ढङ्गले अघि बढाउन सकिने बताउनुभयो । उहाँले सरकारले पनि सो विधेयकलाई अघि बढाउन महत्व दिएको पनि उल्लेख गर्नुभयो ।

सभामुख घिमिरेले सो विधेयकमा देखिएको असजिलाहरु हटाउन पनि आफूले हरसम्भव प्रयास गरिरहेको बताउनुभयो ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?