Sunday, October 6, 2024

ट्रेन्डिङ :

चीनले भूमि अतिक्रमण गर्न नेपाली सुरक्षाकर्मीहरुलाई ढुङ्गा हानेर लखेटेको कांग्रेस नेता शाहीको दाबी

हुम्ला : असोज २६, नेपाली कांग्रेसका केन्द्रीय सदस्य एबं कर्णाली प्रदेश सभा कांँग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले अहिलेसम्म असल छिमेकीका रुपमा हेरिएको चीनले नेपाली सीमाको अतिक्रमण गरी नेपाल माथि विस्तारवाद लागू गरेको आरोप लागेका छन् । सीमा अबलोकन गरी फर्केपछि सदरमुकाम सिमकोटमा आयोजित पत्रकार भेटघाटमा पूर्वमन्त्री समेत रहेका नेता शाहीले एक ठाउँमा नभई धेरै ठाउँमा चीनले बल मिच्याइँ गरेको दाबी गरे । चीनले लिमीको लाप्चा क्षेत्रको दाहिने लाप्चामा रहेको १२ नम्बर पिलर पुन निर्माण गरेको, ९ (२) नम्बर पिलरलाई मध्य बनाएर आफ्नो घेरावार हालेको, ७ (२) नम्बर पिलर कता छ पत्ता लगाउने अबस्था नभएको नेता शाहीले बताए ।

सीमा क्षेत्रको स्थलगत अनुगमनपछि भूमि मिचिएको विषयमा अभिव्यक्ति दिएको भन्दै हुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी दत्तराज हमालसँग गृह मन्त्रालयले ७ असोजमै लिखित स्पष्टीकरण लिएको थियो । सधै दक्षिण तिर भारतले नेपाली सीमा मिचेको भन्ने सुनिन्थ्यो भन्दै काँग्रेस नेता शाहीले पछिल्लो समय हुम्लामा चीनले नेपाली भूमि अतिक्रमण गरेको आरोप लगाउए । चीनसँगको सीमा क्षेत्रमा रहेका पिलरहरुको स्थलगत अवस्थाको अवलोकन गरेर सदरमुकाम सिमकोट फर्केपछि गरेको पत्रकार भेटघाटमा बोल्दै नेता शाहीले धेरै ठाउँमा चीनले बल मिच्याइँ गरेको र सीमा क्षेत्र हिल्सामा रहदै आएका नेपाली सुरक्षाकर्मीहरुलाई पिलरहरुको अनुगमन गर्न जाने क्रममा ढुङ्गाले हानेर सीमा स्तम्भ स्थलतिर जान नदिएर अभद्र व्यवहार गरेको बताए ।


असोज १४ गते सिमकोटबाट सीमा अबलोकनका लागि गएका नेता शाहीले नेपाली भूमि नाम्खा गाउँपालिकाको वडा नम्बर ६ को लिमी क्षेत्रको लाप्चामा पर्ने ललोङजोङमा पुगेपछि चिनियाँ पक्षले बनाएका घरहरु नेपाली भू–भागमै पर्ने दावी गरे । त्यस्तै सरकारले दुवै देशका सीमा विज्ञ र स्थानीयको उपस्थितिमा यथाशक्य चाँडो अध्ययन तथा अनुगमन गर्न समेत उहाँले सरकारसंग माग गरे ।

अहिले सीमा क्षेत्रमा रहेका पिलरको अवलोकन गर्दा चीनले औँला मागेर हत्केला निल्ने नीति अबलम्बन गरेको र सीमा क्षेत्रका नेपालीलाई पिलरका बारेमा नबोल्न समेत चीनले धम्की दिने गरेको पाइएको शाहीको दावी छ । उहाँले पहिले पिलरलाई घेरबार गर्नेपछि नेपाली पक्षको उपस्थिति नहुने देखिएपछि त्यसलाई आफुखुसी सार्ने रणनीतिमा चिनियाँ पक्ष रहेको जिकिर गरे ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?