Wednesday, January 15, 2025

ट्रेन्डिङ :

चक्रपथ विस्तारबारे सहजीकरण

spot_img
spot_img
spot_img

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले चक्रपथको कलङ्की–महाराजगञ्ज–धोबीखोला खण्डको विस्तारका लागि अबको एक महिनाभित्र बिजुली लगायतका खम्बाहरू स्थानान्तरण गर्ने भएको छ । त्यसैगरी तीन महिनाभित्र ‘हाई भोल्टेज टावर’ स्थानान्तरण गर्ने र चक्रपथको सीमा क्षेत्रमा परेका जग्गाको मूल्याङ्कन गर्ने निर्णय मन्त्रालयले गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङको अध्यक्षतामा सिंहदरबारमा बसेको चक्रपथ विस्तारसँग सरोकार राख्ने निकायसँगको बैठकले सो निर्णय गरेको हो ।

मन्त्री नेम्वाङले कात्तिक मसान्तभित्र चक्रपथ क्षेत्रमा परेका बिजुली तथा टेलिफोनका खम्बाहरू स्थानान्तरण गरी तार हाल्ने कार्य सम्पन्न गर्ने र पुस मसान्तभित्र अनिवार्य रूपमा महाराजगञ्ज चोक र सानोभ¥याङस्थित ‘हाई भोल्टेज टावर’ स्थानान्तरण गर्ने निर्णय भएको जानकारी दिनुभयो । “चक्रपथको सो खण्डमा परेका घरजग्गाको मूल्याङ्कन पुस मसान्तभित्र गर्ने निर्णय गरिएको छ,” उहाँले भन्नुभयो, “संरचनाको स्थानान्तरण तथा जग्गा अधिग्रहण कार्य यथाशीघ्र सम्पन्न गरी काम सुरु गर्न चिनियाँ पक्षलाई आग्रह गरिनेछ ।”

त्यसैगरी, कात्तिक मसान्तभित्र स्वयम्भूस्थित चैत्य हटाउन काठमाडौँ महानगरपालिकासँग समन्वय गर्ने र सडक विभाग, काठमाडौँ चक्रपथ सुधार योजनाबाट कात्तिक मसान्तभित्र नयाँ बसपार्कको आकाशे पुल भत्काउने कार्य सम्पन्न गर्ने निर्णय सो बैठकले गरेको छ ।

जिल्ला प्रशासन कार्यालय, काठमाडौँले सम्बन्धित वडा कार्यालय र नगरपालिकासँग समन्वय गरी नारायणगोपाल चोकको २४४ मिटर सडक सीमामा रहेका जग्गाको मूल्याङ्कन कात्तिकभित्र सम्पन्न गर्ने तथा चक्रपथको सीमासम्बन्धी अन्योलबारे राजपत्र र कानुनी दस्तावेजको अध्ययन गर्ने र थप परामर्श गरी यथाशीघ्र नीतिगत निर्णय गर्ने जिम्मेवारी सडक विभागलाई दिइएको छ ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img
spot_img

हेर्न छुटाउनु भयो कि ?