९ आश्विन २०७९, आईतवार
 |   Sun Sep 25 2022
Logo

सत्तारुढ नेकपामा भाँडभैलो, पार्टीमा ठूलो अनिस्टको संकेत



काठमाडौं : असोज २७, सत्तारुढ नेकपा भित्रको अन्तर कलह प्रदेशमा पुगेसँगै पार्टीमा भाँडभैलो मच्चिएको छ । केही समय अघिसम्म अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली अर्का अध्यक्ष पुष्पकमल दाहालबीचमा केन्द्रमा सीमित विवाद अहिले कर्णली प्रदेश स्तरमा देखिएपछिपार्टी विभाजनको आशंका गर्न थालिएको छ । पूर्वमाओवादी केन्द्रका तर्फबाट मुख्यमन्त्री बनाइएका कर्णाली प्रदेशका महेन्द्रबहादुर शाहीविरुद्ध पूर्वएमाले पक्षधर र पूर्वमाओवादी केन्द्रकै नेताहरूका तर्फबाट पार्टीमा दर्ता गरिएको अविश्वास प्रस्ताव र पूर्वएमालेका तर्फबाट बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्धको अविश्वास प्रस्तावका लागि गरिएको हस्ताक्षर पछि मा ठूलो अनिस्ट हुने जानकारहरु बताउँछन् । केन्द्रमा दाहालसँग केही समय अघि सहमति गरेको देखाए पनि ओलीले भित्रभित्रै पूर्वमाओवादी केन्द्रले मुख्यमन्त्री पाएको स्थान खाली गराउन लागिपरेको पूर्वमाओवादी केन्द्रतर्फका नेताहरूको बताउँछन् । आफ्नाविरुद्ध हस्ताक्षर सङ्कलन गरेको र मङ्गलबारका लागि बैठक बोलाएको भन्दै कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रमुख सचेतक गुलाफजङ्ग शाहलाई बर्खास्त गरी सीता नेपालीलाई उक्त पदमा नियुक्त गरेपछि पार्टी तलबाटै चिराचिरा हुन लागेको सङ्केत देखिएको छ ।

सत्तारुढ नेकपाकै बहुमत प्रदेश सभा सदस्यले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वासको प्रस्ताव पार्टीको प्रदेशसभा संसदीय दलमा दर्ता गराएसँगै कर्णालीमा भाँडभैलो मच्चिएको हो । मुख्यमन्त्री शाहीविरुद्ध १८ जना प्रदेशसभा सदस्यले अविश्वासको प्रस्ताव दर्ता गराएपछि प्रमुख सचेतक गुलाफजङ्ग शाहले असोज २७ गते मङ्गलबार एक बजेका लागि प्रदेशसभा संसदीय दलको बैठक बोलाएका थिए । तर मुख्यमन्त्री शाहीले भने आफूसँग कुनै छलफल नै नगरी शाहले संसदीय दलको बैठक बोलाएको भन्दै प्रमुख सचेतक शाहलाई नै पदबाट बर्खास्त गरी सीता नेपालीलाई नियुक्त गरेपछि कर्णाली प्रदेशमा सत्तारुढ दलभित्रै भाँडभैलोले उत्कर्ष रूप लिएको छ ।

कर्णालीको ४० सदस्यीय प्रदेशसभामा सत्तारुढ नेकपासँग दुईतिहाइभन्दा बढीको बहुमतको सरकार थियो । कर्णालीमा पूर्वमाओवादी केन्द्रतर्फका १३ जना र पूर्वएमालेतर्फका २० सांसद छन् । पूर्वमाओवादी केन्द्रका तर्फबाट मुख्यमन्त्री बनाइएका शाहीलाई पदबाट बर्खास्त गर्न पूर्वएमाले नेता एवम् सांसद यामलाल कँडेलले एमालेतर्फका २० मध्ये १५ जना र पूर्वमाओवादी केन्द्रका तीनजना सांसदलाई मिलाएर अविश्वास प्रस्ताव दर्ता गराएका थिए । कतिपयले केपी ओलीको निर्देशनमा वामदेव गौतमलाई मोहरा बनाएर शाहीविरुद्ध अविश्वास प्रस्ताव ल्याइएको बताएका छन् ।

उता प्रचण्डले पनि महेन्द्र शाहीविरुद्धको अविश्वास फिर्ता नभए पार्टीमा विग्रह हुने चेतावनी दिएका छन् । पार्टीको संसदीय दलका बहुमत सांसदले दलको बैठक बोलाउन माग गरेकाले बैठक बोलाइसकेपछि मङ्गलबार बहुमत सांसदले बैठक गरी शाहीलाई मुख्यमन्त्रीबाट हटाउने निश्चितजस्तै देखिएको छ । दाहाल पक्षले यता बागमती प्रदेशमा ओलीसँग असन्तुष्ट पूर्वएमालेकै सांसदहरूसमेत मिलाएर डोरमणिविरुद्ध अविश्वास प्रस्ताव ल्याउन लागेको बताईन्छ ।


प्रतिक्रिया दिनुहोस !


%d bloggers like this: