९ चैत्र २०७९, बिहीबार
 |   Thu Mar 23 2023
Logo

देशभर ३ हजार ५५६ जनामा कोरोना संक्रमण पुष्टि



काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर हजार ५५६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा विगत २४ घण्टामा १५ हजार ५७७ जनाको पिसिआर परीक्षण गरिएकोमा ३५५६ जनामा कोरोना पुष्टि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । योसँगै कूल सङ्क्रमितको सङ्ख्या १ लाख १५ हजार ३५८ पुगेको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा १ हजार ५०३ जना कोरोनालाई जितेर घर फर्किएको जानकारी दिए । यो सँगै घर फर्किनेको सङ्ख्या ७८ हजार ७८० पुगेको छ । हाल देशभर ३५ हजार ९१५ जना सक्रिय सङ्क्रमित रहेका छन् । हाल ४ हजार ७९५ जना संक्रमित क्वारेन्टिनमा रहेका छन् ।


प्रतिक्रिया दिनुहोस !