Friday, September 13, 2024

ट्रेन्डिङ :

बङ्गलादेशका पूर्व प्रधानमन्त्री हसिनाको टोली भारतबाट अन्यत्र प्रस्थान गर्दै

बङ्गलादेशका पूर्व प्रधानमन्त्री शेख हसिनासहित सोमबार भारत पुगेका दलका सदस्यहरू हाल अर्को गन्तव्यका लागि भारतबाट प्रस्थान गर्न थालेका छन् ।

आरक्षण आन्दोलनले राजनैतिक असन्तुष्टि निम्त्याइ हसिनालाई प्रधानमन्त्री पदबाट राजीनामा दिन बाध्य पारेपछि शेख हसिना र शेख रेहाना (दिदीबहिनी) सहयोगीसहित भारत आएका थिए ।

हसिनाको दलका अधिकांश सदस्यहरू अब आफ्नो अर्को सुरक्षित गन्तव्यका लागि भारत छोड्ने तरखरमा रहेको स्रोत जनाएको छ ।

बङ्गलादेशको प्रतिष्ठित राजनीतिक परिवारका दुई बहिनीका सहयोगीको सङ्ख्या दुई अङ्कमा छ ।

उनीहरू भारत आउनुपूर्व भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल अधिकारीहरूसँग निरन्तर सम्पर्कमा थिए । दिल्लीमा उहाँले नेत्री हसिनासहितको टोलीको व्यवस्थापन गर्नुभएको थियो ।

नोबेल पुरस्कार विजेता मुहम्मद युनुसको नेतृत्वको नव निर्वाचित अन्तरिम सरकारका सदस्यहरूले बिहीबार साँझ नै शपथ ग्रहण गर्ने बङ्गलादेश सेना प्रमुख जनरल वाकर–उज–जमानलेलाई उद्धृत गर्दै डेली स्टारले जनाएको छ ।

अन्तरिम सरकारमा १५ जना सदस्य हुनसक्ने सङ्केत गर्दै जमानले अब बङ्गलादेशको स्थितिमा उल्लेखनीय सुधार हुँदै जाने र तीन–चार दिनभित्र सामान्य अवस्थामा फर्कने आशा व्यक्त गर्नुभयो । उहाँले विगतमा भएका अपराधमा संलग्न व्यक्तिहरूलाई नछोडी उनीहरूविरुद्ध कानुनी कारबाही गरिने बताउनुभएको छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?