Friday, September 13, 2024

ट्रेन्डिङ :

लोकतन्त्रमा व्यक्ति होइन संस्था बलियो बन्नुपर्छ : मीनेन्द्र रिजाल

नेपाली कांग्रेसका नेता डा मीनेन्द्र रिजालले लोकतन्त्रमा व्यक्ति बलियो नभई संस्था बलियो हुनुपर्ने बताएका छन् ।

आज पत्रकारसँग कुराकानी गर्दै उनले भने, “लोकतन्त्रलाई बलियो बनाउन व्यक्ति बलियो भएर हुँदैन । हाम्रो व्यवस्था र संविधान बलियो हुनुपर्छ ।”

कांग्रेस र एमालेको गठबन्धन व्यवस्था र संविधान बलियो बनाउन हुनुपर्ने उनको भनाइ थियो । उनले थपे, “कांग्रेस र एमालेले साझा जिम्मेवारीमा भोलि एकअर्कासँग प्रतिस्पर्धा गर्ने र आज लोकतन्त्रलाई मूल दायित्वमा लियर जाने हो भने हाम्रो सिस्टम र संविधान बलियो हुन्छ ।”

बहुमतको सरकारले जनताको अपेक्षा पूरा गर्न सक्ने भए पनि अहिले जोड घटाउमा लाग्दा जनअपेक्षाअनुसार काम हुन नसकेको उनको भनाइ थियो । जनताको विश्वासमा घात हुन नहुने रिजालले बताए ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?