१२ मंसिर २०८०, मंगलवार
 |   Tue Nov 28 2023
Logo

कंगनाले भनिन्– ममाथि पनि मुद्दा चलाउनू !



बलिउड अभिनेत्री कंगना रनौटले दुई टिभी च्यानलविरुद्ध चर्चित फिल्म निर्माताहरु अदालतमा गएको विषयमा फेरि बलिउडमाथि आक्रमण गरेकी छिन् । बलिउडका ३४ चर्चित निर्माता सोमबार रिपब्लिक टिभी, अर्णव गोस्वामी, रिपब्लिक टिभीका प्रदीप भण्डारी, टाइम्स नाउ, राहुल शिवशंकर तथा नविका कुमारविरुद्ध सुशान्त सिंह राजपुत घटनामा गैरजिम्मेवार रिपोर्टिङ गरेको भन्दै दिल्ली उच्च अदालतमा मुद्दा दायर गरेका छन् ।

यो मुद्दा दायर भएपछि कंगना रनौटले एक पछि अर्को गर्दै कयौँ ट्विट गरेकी छिन् । उनले लेखेकी छिन्– बलिउड, जुन ड्रग्स, शोषण, नेपोटिज्म तथा जिहादको गटर हो, यसलाई सफाइ गर्नुभन्दा गलत काम भइरहेको छ । म त भन्छु, मलाई पनि मुद्दा हालिदिनू । जबसम्म म जिउँदो हुन्छु, तबसम्म म तिमीहरु सबैको वास्तविकता बाहिर ल्याएरै छाड्छु ।

बलिउड उद्योगलाई मात्र होइन, कंगनाले बलिउडका कलाकारहरुमाथि पनि टिप्पणी गरेकी छिन् ।

उनले लेखेकी छिन्, ‘ठूला कलाकारले महिलाहरुलाई अब्जेक्टिफाइ मात्र गरिरहेका छैनन्, जवान युवतीहरुको शोषण पनि गरिरहेका छन् ।’ उनीहरुले सुशान्त सिंह राजपुतजस्ता युवा कलाकारहरुलाई निकै पेलेको पनि बताएकी छिन् । ५० वर्षको उमेरमा पनि बलिउडका कलाकारहरुले बालबालिकाको भूमिका निर्वाह गर्न खोजिरहेको आरोप कंगनाले लगाएकी छिन् ।

त्यसो त कंगनाले लामो समयदेखि बलिउडमा भाइभतिजावाद हावी भयो भन्दै आवाज उठाउँदै आएकी छिन् । उनले बलिउडमा यसअघि पनि आलोचनात्मक आवाज राख्ने गरेकाले सबैले उनको आवाजलाई प्राथमिकताका साथ लिने गरेका छन् ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय