Saturday, January 18, 2025

ट्रेन्डिङ :

जहाँ छौं त्यहीँ रहेर मनाऔँ दशैं, आउजाउ नगरौँ: विज्ञ

spot_img
spot_img
spot_img

काठमाडौं । गुल्मी स्थायी घर भएका दीपक दसैँ मनाउन केही दिन अघिसम्म काठमाडौंबाट घर जाने सोचमा हुनुहुन्थ्यो। उहाँलाई घरमा रहेका साथीभाईले कहिले आउँछस् भनेर दिनदिनै फोन गरिरहेका थिए । पहिला घर जाने सोच बनाएका दीपक अहिले यो विषयमा दोधारमा हुनुहुन्छ । घर नगएको एक वर्ष भइसकेकाले बुढा बुबा र आमालाई कतिखेर भेटाैं भन्ने उहाँको धोको थियो । तर काठमाडौंमा फैलिएको कोरोना भाइरस कतै म गएर बुढा बुवा, आमा र समाजमा फैलियो भने भोली के होला भन्ने कुरामा अहिले उहाँ चिन्तित हुनुहुन्छ ।

अहिले ठक्याकै घर जाने वा नजाने भन्ने विषयमा उहाँले बाहिरी मनले जान्छु भने पनि भित्री मनले नजा भनेको कारण घर जाने विषयमा निर्णय लिन सक्नुभएको छैन ।दीपक एकजना प्रतिनिधि पात्रमात्र हो । उहाँ जस्तै काठमाडौंलगायत सहरी क्षेत्रमा बसेका आम मानिस दसैं मान्न घर जाने कि नजाने भन्ने दोधारमा छन् । यसैबीच, सरुवा रोगसम्बन्धी जानकारहरु यसपालिको दसैं हाल बसेको यथास्थानमै मनाउन आग्रह गरिरहेका छन् ।

शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल, टेकुका डा. शेरबहादुर पुन अहिलेको दसैं आफू बसेको स्थानमा मनाउन आग्रह गर्नुहुन्छ । काठमाडौंबाट बाहिर जाँदा गाउँगाउँमा कोरोना संक्रमण सर्ने भएकाले आफ्नो परिवार र समाज जोगाउने हो भने यथास्थानमा बस्न आग्रह गर्नुहुन्छ ।

भरसक यथास्थानमा रहँदा पनि टीका लगाउँदा भिडभाड नगरी बन्द कोठामा भन्दा खुला ठाउँमा बसेर सामाजिक दूरी कायम गरी साबुन पानीले हात धोई, सेनिटाइजरको प्रयोग गरेर स्वास्थ्य मापदण्ड पालना गरी दसैं मनाउन उहाँले सुझाव दिनुभयो ।

मेलापर्व मान्ने नाममा विगतमा जस्तै जमघट हुने रमाइलो गर्ने कोरोना केही होइन भन्ने सोच त्यागेर सुरक्षित तरिकाले घरमै बस्न आवश्यक छ, कोरोनालाई सामान्य रुपमा नलिन समेत उहाँको आग्रह छ । इपिडिमियोलोजी तथा रोगनियन्त्रण महाशाखाका पूर्व (प्रमुख तथा सरुवा रोग विशेषज्ञ डा. जीडी ठाकुर आफनो समुदाय र परिवारलाई जोगाउन सकिँदैन भने मेला पर्व केका लागि मान्ने भन्ने प्रश्न गर्नुहुन्छ ।

अहिले बाच्ने र अरुलाई बचाउने समय भएकाले दसैं मान्ने नाममा एक स्थानबाट अर्को ठाउँमा जानै नहुनेमा डाक्टर ठाकुरको जोड छ । हामी सबै एकजुट भएर कोरोनाबाट यो वर्षमा पराजित गरियो भने अर्को वर्ष मेला पर्व धुमधाम सँग मनाउन सकिने उहाँ बताउनुहुन्छ । दसैं मनाउने नाममा शहरको मान्छे गाउँ र गाउँको मान्छे सहर पस्यो भने अवस्था भयाभह हुने डाक्टर ठाकुरको भनाइ छ । कोरोनाको पीडा कोरोना लागेको व्यक्ति र परिवारलाई भयावह अवस्था रहेको र अस्पतालमा बेड नपाएर बाहिर छट्पटाउने अवस्था रहेको उहाँ बताउनुहुन्छ ।

त्यसैले देश पीडामा रहेको अवस्थामा रमाइलोको नाममा कोरोनामाथि खेलवाड नगर्न सबै आमजनतालाई डाक्टर ठाकुरको आग्रह छ ।अहिले बाच्नको लागि काम गर्ने बेला भएको बताउँदै मेला पर्वमा जमघट हुने सबै कार्यक्रम बन्द गर्नु आवश्यक छ । बन्दाबन्दी हटेसँगै मानिसहरुले स्वास्थ्य मापदण्ड पालना नगरेको कारण काठमाडौंमा कोरोना संक्रमण बढेको उहाँको बुझाइ छ । कोरोनाको जोखिमबाट बच्न मास्क लगाउने, साबुन पानीले हात धुने, सेनिटाइजरको प्रयोग गर्ने जस्ता कामहरु गर्न आवश्यक छ । अहिले केटा–केटीदेखि बुढाबुढी उमेरसम्मका सबै मानिस कोरोनालाई पराजित गर्न जिम्मेवारपूर्वक काम गर्नु पर्ने बेला आएको उहाँ बताउनुहुन्छ ।कोरोनाबाट बच्न संक्रमण रहेको क्षेत्रमा कम्तिमा दुई हप्ता सिल गरेर अवस्था हेरेर खोल्न आवश्यक रहेको उहाँ बताउनुहुन्छ ।

सबैले आप्mनो जिम्मेवारी पूरा गरे कोरोनाबाट एक दिन अवश्य जित्न सकिने उहाँ बताउनुहुन्छ । जनस्वास्थ्य विद् डा.शरद वन्त नेपालमा कोरोना तीव्र गतिमा अगाडि बढेकाले शहरबाट अत्यावश्यक काम विना गाउँ घरमा जान नहुने बताउनुहुन्छ । नेपालको बढी जनघनत्व रहेको काठमाडौं लगायत शहरी क्षेत्रमा कोरोना संत्रमण रहेकाले दसैंलगायत मेला पर्व मान्न एक ठाउँबाट अर्को ठाउँमा जानै नहुनेमा जनस्वास्थ्य विद् डा. वन्तको आग्रह छ ।

कोरोनाको जोखिम बढेको अवस्थामा दसैं, तिहार, छठ मनाउन गाउँ नजान उहाँको अनुरोध छ । दसैं मेला पर्व अर्को साल पनि मनाउन सकिन्छ । भौतिक रुपमा भेटेर भोज भतेर गरेर मात्रै दशैं मनाउने भन्ने सोच बदल्न जरुरी रहेको र यथास्थानमा बसेर पनि दसंै मनाउन सकिन्छ भन्ने मानसिकता बनाउन उहाँको भनाइ छ । दशैंको बेला भेटघाट र जमघट गरियो र कोरोनाालाई सामान्य रुपमा लियो भने अवस्था जटिल हुने उहाँ बताउनुहुन्छ । लाखौ नेपाली दाजुभाई विदेश रहेर पनि दसंै मनाएका छन् भने हामी किन यथास्थानमा बसेर दसैं नमनाउने भन्नेमा डाक्टर वन्तको प्रश्न छ ।

शहरमा बस्नेहरु सबैले परीक्षण गरेका छैनन् कसलाई कोरोना छ वा छैन भन्ने भन्ने थाहा छैन । कोरोना लक्ष्ण देखिएन भन्दैमा कोरोना छैन भन्ने हुँदैन कतिलाई लक्षणविनाको मान्छेमा पनि परीक्षण गर्दा कोरोना संक्रमण देखिएका छन् । कोरोना छ भन्दैमा सबैलाई ज्वरो रुवाखोकी लाग्छ भन्ने छैन । बढी संक्रमण काठमाडौं उपत्यकामा रहेकाले अहिले गाउँमा जाँदा बढी जोखिम हुने उहाँ बताउनुहुन्छ । नागरिकहरु व्यवहारिक रुपमा जिम्मेवारी बन्ने बेला आएको छ । यता, काठमाडौं जिल्ला प्रशासन कार्यालयले पनि यसपालिको दसैं मेला पर्व हाल रहेकै ठाउँमा मनाउन आग्रह गरेको छ । साथै, अहिले मेलापर्वमा हुने भिडभाडका कार्यक्रम बन्द गरिएको छ ।- गोरखापत्र अनलाईनबाट

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img
spot_img

हेर्न छुटाउनु भयो कि ?