१२ मंसिर २०७९, सोमबार
 |   Mon Nov 28 2022
Logo

कार्तिकले कोलकात्ता नाइट राइडर्सको कप्तानी छाडे लगत्तै मोर्गन नियुक्त



इन्डियन प्रिमियर लिग-आईपीएल क्रिकेट चलिरहेका बेला दिनेश कार्त्तिकले कोलकात्ता नाइट राइडर्सको कप्तानी छाडेका छन्। कोलकात्ताले टोलीको नयाँ कप्तानमा इयोन मोर्गनलाई नियुक्त गरेको छ। कार्त्तिकले ब्याटिङमा फोकस गर्न कप्तानी छाडेको बताएका छन्। कोलकात्ताले यो सिजन आईपीएलमा खेलेका सातमध्ये ४ खेल जितेको छ। उसको सात खेलबाट ८ अंक छ। शीर्षस्थानमा रहेको दिल्ली क्यापिटल्सको ८ खेलबाट १२ अंक छ।

७ खेलबाट मुम्बई इन्डियन्सको १० र ८ खेल खेलेको रोयल च्यालेन्जर्स बैंगलोरको पनि १० अंक छ।


प्रतिक्रिया दिनुहोस !


%d bloggers like this: