८ आश्विन २०७९, शनिबार
 |   Sat Sep 24 2022
Logo

अख्तियारद्वारा प्रहरी हबल्दार र उनकी पत्नी घुस लिएको आरोपमा पक्राउ



काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस आरोपमा प्रहरी हबल्दार र उनकी पत्नीलाई पक्राउ गरेको छ । चार लाख रुपैयाँ घुस लिएको आरोपमा इलाका प्रहरी कार्यालय बुटवलमा कार्यरत प्रहरी हबल्दार शिवचन्द्र सहानी र उनकी पत्नी निर्मला केवट शुक्रबार पक्राउ परेको आयोगका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिए ।

प्रवक्ता अधिकारीका अनुसार हबल्दार दम्पत्तीलाई रुपन्देहीको सियारी गाउँपालिका वडा नम्बर-७ स्थित खनाल मिठाई पसलबाट रंगेहात नियन्त्रणमा लिइएको हो । उनीहरूमाथि सेवाग्राहीलाई घरौटीमा छुटाईदिन सहयोग गरेबापत घुस लिएको आरोप छ ।


प्रतिक्रिया दिनुहोस !


%d bloggers like this: