Monday, September 9, 2024

ट्रेन्डिङ :

न्यूजिल्याण्डको आम निर्वाचनमा प्रधानमन्त्री जसिन्डा आर्डर्नको लेबर पार्टी भारी मतले विजयी

एजेन्सी। न्यूजिल्याण्डकी प्रधानमन्त्री जसिन्डा आर्डर्नले आम निर्वाचनमा ऐतिहासिक जित हात पारेकी छन् । अधिकांश मतगणना भइसक्दा उनको दल, लेबर पार्टीले ४९ प्रतिशत मत प्राप्त गरेको छ । र, आर्डर्नको दलले ६४ सिट ल्याउने अनुमान छ, जुनसंसदमा बहुमतका लागि पर्याप्त हुन्छ । जितपछि आर्डर्नले भनेकी छन्, न्यूजिल्याण्डले करिव ५० वर्षमा लेबर पार्टीप्रति सबैभन्दा ठूलो समर्थन जनाएको छ ।’ उनले न्यूजिल्याण्डका हरेक बासिन्दाका लागि शासन गर्ने पार्टीका रुपमा अगाडि बढ्ने समेत बताएकी छन् ।

विपक्षी न्याश्नल पार्टीले २७ प्रतिशत मत पाएको छ । उसले चुनावमा हार स्वीकार गरेको छ । पार्टीकी नेतृ जुडिथ कोलिन्सले आर्डनलाई बधाई दिँदै जिवन्त प्रतिपक्षी बन्ने प्रतिवद्धता जनाएकी छन् ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?