११ चैत्र २०७९, शनिबार
 |   Sat Mar 25 2023
Logo

दार्चुलामा १७ किलोग्राम अवैध यार्सागुम्बासहित एक जना पक्राउ



दार्चुला- १७ किलो ५१ ग्राम अवैध यार्सागुम्बा सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला सदरमुकाम खलंगाको घाट बजारबाट शनिवार दिउसो ३ बजेतिर हुम्ला जिल्ला नाम्खा गाउँपालिका–३ का ३५ वर्षिय डोकार लामालाई अवैध यार्सागुम्बा सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सुचना अधिकारी एवं प्रहरी निरिक्षक भाष्कर चन्दले जानकारी दिए।

झोला बोकी हिडिरहेका लामा माथी प्रहरीलाई शंका लागेपछि चेकजाँच गर्दा उनको साथबाट अवैध यार्सागुम्बा बरामद गरेको उनले बताए। लामाको साथमा रहेको झोला प्रहरीले बरामद गर्दा रातो प्लाष्टिकमा बेरेर राखेको अवस्थामा उक्त परिमाणको अवैध यार्सागुम्बा भेट्टीएको सुचना अधिकारी एवं प्रहरी निरिक्षक चन्दले जानकारी दिए।

अवैध यार्सागुम्बा सहित पक्राउ परेका लामा र यार्सागुम्बालाई आवश्यक कारबाहीका लागी जिल्ला वन कार्यालय दार्चुलालाई बुझाएको उनले बताए। लामा संग यार्सा संकलन, निकासी तथा छोडपुर्जी कुनै पनि नभेट्टीएको उनले बताए।


प्रतिक्रिया दिनुहोस !