८ आश्विन २०७९, शनिबार
 |   Sat Sep 24 2022
Logo

असई गोविन्द विकको हत्यामा संलग्न भएको आशंकामा प्रहरीद्वारा ११ जना पक्राउ



कैलाली–प्रहरी सहायक निरिक्षक (असई) गोविन्द विकको हत्यामा संलग्न भएको आशंकामा प्रहरीले ११ जनालाई आइतवार दिउसो पक्राउ गरेको छ। धनगढी उमहानगरपालिका–१२ को अस्थायी प्रहरी बिट जुगेडाका इन्चार्ज असई बिकको शव आइतवार बिहान मोहना नदीमा फेला परेको थियो।

घटनामा एकजना प्रहरी जवान रामबहादुर साउँद सम्पर्कबिहीन छन्। शनिवार राति दुबैजना गस्तीमा निस्किएका थिए। असई बिकको हत्यामा संलग्न भएको आशंकामा ११ जनालाई पक्राउ गरेर सोधपुछ चलिरहेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी मुकेशकुमार सिहले बताए। ‘सोधपुछकै लागि ११ जनालाई पक्राउ गरिएको छ,’ उनले भने।


प्रतिक्रिया दिनुहोस !


%d bloggers like this: