२० माघ २०७९, शुक्रबार
 |   Fri Feb 3 2023
Logo

सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजको तेस्रो तलाबाट हामफालेका बिरामीको मृत्यु



काठमाडौं। सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज (केएमसी)मा भर्ना भएका सोलुखुम्बुका २६ वर्षीय रोशन खड्काले अस्पतालको तेस्रो तलाबाट हामफालेका छन् । घटनामा मानसिक रोगी समेत रहेका खड्का गम्भिर घाइते भएको महानगरीय प्रहरी वृत्त, गौशालाका डीएसपी जितेन्द्र बस्नेतले बताए । उनका अनुसार खड्कालाई उनकी आमाले आइतबार मात्रै केएमसीमा भर्ना गरेकी थिइन् ।

‘घरमा हात, खुट्टा पोलेपछि अस्पतालमा ल्याउनु भएको रहेछ’, बस्नेतले भने, ‘सोमबार बिहान आमा औषधि लिन गएका बेला हाम फालेका हुन् ।’

गम्भिर घाइते उनको उपचारको क्रममा मृत्यु भएको महानगरीय प्रहरी वृत्त गौशालाले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय