२४ मंसिर २०८०, आईतवार
 |   Sun Dec 10 2023
Logo

कलाकार शिवहरि पौड्याललाई मातृ शोक



काठमाडौँ – कलाकार शिवहरि पौड्याललाई मातृ शोक परेको छ । चलचित्र निर्माता तथा निर्देशक समेत रहेका पौड्यालकी आमा गंगादेवी पौड्यालको १०० वर्षको उमेरमा आइतबार राति निधन भएको हो । उनले सामाजिक सञ्जाल मार्फत आमाको निधनको खबर सार्वजनिक गरेका हुन्।

पौड्यालले लेखेका छन्, ‘दुखद् खबर लेख्न बाध्य भएँ आमा । एउटा छोराले गर्ने कर्तव्य मैले गरेँ की गरिन मलाई थाहा छैन आमा । १०० वर्षसम्म आफ्ना परिवारलाई संरक्षण दिनुभो, त्यस्पछि हजुरलाई बचाउन सकिएन आमा, मलाई माफ गर्नुहोला । स्वर्गमा बास होस् मेरी प्यारी आमा ।’

विसं १९७७ को फागुनमा जन्मिएकी शिवहरि पौड्यालकी आमाको आइतबार राति ११ बजेपछि निधन भएको हो ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय