११ बैशाख २०८१, मंगलवार
 |   Tue Apr 23 2024
Logo

सत्तारुढ दल नेकपाका सबै सांसदले दशैं भत्ता कोरोना कोषमा जम्मा गर्ने



काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका (नेकपा) का सबै सांसदले दशैं भत्ता बापत पाएको रकम कोरोना कोषमा जम्मा गर्ने भएका छन् । संसदीय दलका उपनेता सुवास नेम्वाङले संसदीय दलका नेता समेत रहेका प्रधानमन्त्री, राष्ट्रियसभाका अध्यक्ष, प्रतिनिधि सभाका सभामुखलगायतसँग छलफल गरेर यस्तो निर्णय गरेको हो।

‘कोरोनाविरुद्धको लडाईँ हाम्रो पहिलो प्राथमिकता हो । यो सन्दर्भमा हामीले पाउने दसैं खर्चबापतको भत्ता सरकारको कोरोनाको कोषमा जम्मा गर्ने निर्णय गरेका छौँ’, नेता नेम्वाङको भनाइ छ । उनले केहीबेरमा प्रधानमन्त्रीले यसबारे वक्तव्य जारी गर्ने जानकारी पनि दिए । कोरोनाका कारण मुलुक नै आर्थिक संकट परेका बेला सांसदहरूले दशैं खर्च लिएको समाचार आएपछि सांसदहरुको चौतर्फी आलोचना भएको थियो । यस्तो आलोचना बढेसँगै नेकपा संसदीय दलले त्यसबारेमा पार्टी नेतृत्वसँग छलफल गरेपछि यस्तो निर्णय गरेको हो ।

नेकपाका प्रतिनिधिसभामा १७४ र राष्ट्रियसभामा ४६ गरी संघीय संसदमा नेकपाका २२० जना सांसद छन् ।


प्रतिक्रिया दिनुहोस !