Sunday, October 6, 2024

ट्रेन्डिङ :

विदेशी खेलाडीका लागि आइपिएलले बनायो कडा नियम

काठमाडौँ । भारतीय क्रिकेट कन्ट्रोल बोर्डले आईपीएलमा विदेशी खेलाडीका लागि कडा नियम ल्याएको छ । आइपिएलले हालै सबै विदेशी खेलाडी मेगा अक्सनमा अनिवार्य दर्ता हुनुपर्ने नियम ल्याएको छ । साथै मेगा अक्सनमा दर्ता नभएका खेलाडीले पछि हुने मिनी लिलामीमा प्रवेश नपाउने भएका छन् ।

साथै, लिलामीमा बिक्री भएपछि कुनै खेलाडी प्रतियोगिताबाट पछि हटेमा उसलाई अर्को २ सिजनको लागि प्रतिबन्ध लगाइनेछ ।  तर, खेलाडी घाइते भएमा उनलाई प्रतिबन्ध लाग्दैन, तर यसका लागि उनले आफ्नो राष्ट्रिय बोर्डबाट अनुमति लिनुपर्नेछ ।

साथै विदेशी खेलाडीले अब एक सिजनमा १८ करोड भारु भन्दा बढी कमाउन पाउने छैनन् । पछिल्लो मिनी लिलामीमा अस्ट्रेलियाका मिचेल स्टार्क २४.७५ करोड भारु र प्याट कमिन्स २०.५० करोड भारुमा बिक्रि भएका थिए ।

अब भने आइपिएलले विदेशी खेलाडीका लागि क्याप बनाएको छ, जसमा १८ करोड भन्दा बढी कमाउन सक्ने छैनन् ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?