८ आश्विन २०७९, शनिबार
 |   Sat Sep 24 2022
Logo

जनता समाजवादी पार्टीको संघीय परिषद अध्यक्षमा डा. बाबुराम भट्टराई चयन



काठमाडौँ – जनता समाजवादी पार्टीले संघीय परिषद अध्यक्षमा डा. बाबुराम भट्टराईलाई चयन गरेको छ। सोमबार र मंगलबार काठमाडौँमा बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले भट्टराईलाई संघीय परिषद् अध्यक्ष बनाउने निर्णय गरेको हो। जसपामा कार्यकारी अधिकार कार्यकारिणी समितिमा रहने र संघीय परिषद् वृहत तर सेरेमोनियल संचना हो।

जसमा एक हजारभन्दा बढी सदस्य हुन्छन्। विधानमा केन्द्रीय कार्यकारिणी समितिभन्दा महाधिवेशनभन्दा तल रहेन गरी परिषद् रहने उल्लेख छ। गत वैशाखमा राजपा र संघीय समाजवादी दल एकीकरण भएर जसपा बन्दा अन्तिम समयमा भट्टराई पार्टीको चौथो वरियतामा पुगेका थिए।

जसपाको कार्यकारी अध्यक्षमा महन्थ ठाकुर र उपेन्द्र यादव छन्।


प्रतिक्रिया दिनुहोस !


%d bloggers like this: