११ आश्विन २०७९, मंगलवार
 |   Tue Sep 27 2022
Logo

काठमाडौं उपत्यकामा १७०२ सहित देशभर ३०९३ जनामा कोरोना संक्रमण पुष्टि



काठमाडौं। पछिल्लो २४ घण्टामा थप ३०९३ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १३ हजार ८६१ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

काठमाडौँ उपत्यकामा थप १ हजार ७ सय २ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँका १ हजार ४ सय ३१, ललितपुरका १ सय २३ तथा भक्तपुरका १ सय ४८ जनामा संक्रमण पुष्टि भएको हो।


प्रतिक्रिया दिनुहोस !


%d bloggers like this: