७ चैत्र २०७९, मंगलवार
 |   Tue Mar 21 2023
Logo

भारतीय जासुसी संस्था ‘रअ’का प्रमुख सामान्तकुमार गोयल काठमाडौँमा



काठमाडौँ – भारतीय जासुसी संस्था ‘रअ’का प्रमुख सामान्तकुमार गोयल केही घण्टाका लागि काठमाडौँ उत्रिएका छन्। बुधबार दिउँसो विशेष विमानबाट गोयल र रअकै एक अर्का उच्च तहका अधिकारी त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा ओर्लिएका हुन्। स्रोतका अुनसार गोयललाई लिन नेपालको अध्यागन विभागका अधिकारी र सुरक्षाकर्मीहरु विमानमै पुगेका थिए। पासपोर्ट परिक्षण नगरी उनीहरुलाई भिआइपी कक्षबाट बाहिर निस्किएका थिए।

दुई पक्षीय सुरक्षा, राजनीतिसँगै भारतीय सेना प्रमुख मनोज मुकुन्द नरवाणेको कार्तिकमा हुने नेपाल भ्रमणको विषयमा छलफल गर्न गोयल आएका हुन्। स्रोतका अनुसार उनीहरु बुधबार नै दिल्ली फर्किनेछन्। उनको यात्रा र भेटघाटका अन्य विवरणहरु गोप्य राखिएको छ।


प्रतिक्रिया दिनुहोस !