Sunday, October 6, 2024

ट्रेन्डिङ :

१ खर्ब ६५ अर्ब ७३ करोड रुपैयाँ रेमिट्यान्स भित्रियो

काठमाडौं । विश्वभरि फैलिएको महामारीका कारण रेमिट्यान्स कम हुने अनुमानविपरीतगत भदौमा ८.१ प्रतिशतले वृद्धि भएको छ । जबकि, गत वर्षको भदौमा अघिल्लो वर्षको तुलनामा ०.६ प्रतिशतले घटेको थियो। नेपाल राष्ट्र बैंकका अनुसार साउन र भदौमा १ खर्ब ६५ अर्ब ७३ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ। डलरमा पनि रेमिट्यान्स २.६ प्रतिशतले बढेको छ।

अमेरिकी डलरमा विप्रेषण आप्रवाह २.६ प्रतिशतले वृद्धि भई १ अर्ब ३९ करोड डलर पुगेको छ ।अघिल्लो वर्ष यस्तो आप्रवाह १.६ प्रतिशतले घटेकोे थियो ।समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगतनयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या ९९.२ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ०.२ प्रतिशतले बढेको थियो । वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ८६.५ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १०.३ प्रतिशतले बढेको थियो ।

भदौसम्ममा चालू खाता २६ अर्ब ७ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालू खाता २२ अर्ब ६९ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २० करोड ३ लाखले घाटामा रहेको चालू खाता समीक्षा अवधिमा २१ करोड ७६ लाखले बचतमा रहेको छ । पुँजीगत ट्रान्सफरमा३३.७प्रतिशतले कमी आई १ अर्ब ९६ करोड कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी २३.३प्रतिशतले वृद्धि भई २ अर्ब ४४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर २ अर्ब ९६ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी १ अर्ब ९८ करोड रहेको थियो ।

शोधनान्तर स्थिति ६७ अर्ब ६३ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ८ अर्ब ८३ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ७ करोड ८५ लाखले बचतमा रहेको शोधनान्तरस्थिति समीक्षा अवधिमा ५६ करोड ६२ लाखले बचतमा रहेको छ ।

गत असार मसान्तमा १४ खर्ब १ अर्ब ८४ करोडबराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २.३ प्रतिशतले वृद्धि भई २०७७ भदौ मसान्तमा १४ खर्ब ३३ अर्ब ६७ करोड पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०७७ असार मसान्तमा ११ अर्ब६५ करोड रहेकोमा २०७७ भदौ मसान्तमा १२ अर्ब २० करोड पुगेको छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?