१३ चैत्र २०७९, सोमबार
 |   Mon Mar 27 2023
Logo

२० रुपैयाँका नयाँ नोट बजारमा



काठमाडौँ– नेपाल राष्ट्र बैंकले २० रुपैयाँ दरका नयाँ नोट बजारमा पठाएको छ। बिहीबार राष्ट्र बैंकले सूचना जारी गर्दै ञर ४२०००००१ देखि ठर १००९९९९९९ सम्म सिरियल नम्बर भएको नयाँ नोट बजारमा पठाएको हो।

राष्ट्र बैंकका अनुसार उक्त नोटहरुमा तत्कालीन गर्भनर डा. चिरञ्जीवि नेपालको दस्तखत रहेको छ। नोटको बायाँतर्फ सगरमाथाको चित्र रहेको छ भने दायातर्फ लालीगुराँसको पानी छाप रहेको सूचनामा उल्लेख छ। नोटको तल्लो भागको बोर्डरमा नोटाको ‘सिरिज नम्बर’ नेपालीमा वि.स. २०७६ लेखिएको छ।

नोटको पछाडिको भागमा वाह्रसिङ्गेको तस्बीर हुने छ भने अङ्ग्रेजीमा नेपाल राष्ट्र बैंक र ’रुपिज ट्वान्टी’ भनेर लेखिएको सूचनामा उल्लेख छ। बैंकले कुल, ५ करोड ९० लाख थान नोट बजारमा पठाउने जानकारी दिएको छ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय