Wednesday, January 22, 2025

ट्रेन्डिङ :

नेकपा संसदीय दलकी सचेतक शान्ता चौधरी कोरोना संक्रमणमुक्त

spot_img
spot_img
spot_img

काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी नेकपा संसदीय दलकी सचेतक शान्ता चौधरी कोरोना संक्रमणमुक्त भएकी छिन् । कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना भएको १९ औँ दिनमा उनी संक्रमणमुक्त भएकी हुन् । कोरोनालाई पराजित गरेकी चौधरीले पुनर्जीवन पाएको महसुस भएको प्रतिक्रिया दिएकी छिन्। पुरै १९ दिनको अस्पत्ताल बसाई र त्यसमा पनि अधिकांश समय आइसियूमा छट्पटिनु पर्दाको पीडा वर्णन गर्न नसकिने उनले बताएकी छिन्।

‘पहिले देखिका गम्भीर रोगहरुको कारणले पनि कोरोनाले मलाई यसरी गलाएको हुनुपर्छ। पुराना रोग हुनेहरुलाई बचाउन गाह्रो पर्छ भन्ने सुनिरहेकोले पनि बाँच्छु जस्तै लागेको थिएन। यसको अनुभव कुनै दिन सार्वजनिक गर्ने नै छु। आज कोरोना निगेटिभ भएको नतिजा आयो। लाग्यो मैले पुनर्जीवन पाएँ’, फेसबुकमा चौधरीले लेखकी छिन्।

‘अन्तमाः सबै सबैमा धेरै आधार व्यक्त गर्न चाहन्छु। अस्पत्तालबाट विदा हुँदाको दिन फेरि लेखुँला। विजया दशमीको सबैमा शुभकामना दिन चाहन्छु। कसैका परिवार पनि यो समयमा अस्पत्ताल बस्नु नपरोस्। अस्पत्ताल खोज्दै हिँड्नु नपरोस्। हामी सबैमा यो कोरोनारुपी महाशत्रुमाथि विजय प्राप्त गर्न शक्ति मिलोस्’, उनले लेखेकी छिन्।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img
spot_img

हेर्न छुटाउनु भयो कि ?