३० असार २०८१, शनिबार | Sat Jul 13 2024

Logo

स्नो ह्वाइटकी मोडल मार्जको निधन



एजेन्सी– हलिउडकी प्रख्यात अभिनेत्री तथा नर्तकी मार्ज च्याम्पियनको १ सय १ वर्षको उमेरमा लसएन्जल्समा निधन भएको छ । मार्ज वाल्ट डिज्नीको प्रख्यात ‘स्नो ह्वाइट एण्ड सेवेन ड्वाफर्स’मा मोडल थिइन् । यी अभिनेत्री सन् १९५० को दशकमा आफ्नो पति र डान्स पार्टनर गोवर च्याम्पियनका साथ एजीएम म्यूजिकल्सका साथ स्ट्रिंगरका रुपमा चिनिन्थइन् । मार्जले सन् १९७५ मा टेलिभिजन फिल्म ‘क्वीन अफ द स्टारडस्ट बालरुम’मा कोरियोग्राफीका लागि ‘एमी अवार्ड’ जितेकी थिइन् । नृत्य सिकाउने पियरले ड्युलाइनले उनको निधनको पुष्टि गरेका छन् । उनको गत बुधबार निधन भएको थियो ।

मार्ज र गोवरले टेलिभिजन शो ब्रोडवे म्यूजिकल र जर्ज सिड्नीको फिल्म ‘स्नो बोट’मा सँगै नृत्य गरेका थिए । यो जोडीले ‘मिस्टर म्यूजिक(१९५०)’, ‘लवली टू लुक एट(१९५२)’, ‘गिव ए गर्ल ए ब्रेक(१९५३)’ र ‘जुपिटर डार्लिङ(१९५५)’ मा सँगै काम गरेका थिए।

मार्जको जन्म सन् १९१९ मा भएको थियो । उनको पिता नृत्य र बेले टीचर अर्नेस्ट बेल्चर थिए । जो वाल्ट डिज्नीका साथी थिए । जब डिज्नीको एनिमेशन टीम स्नो ह्वाइड एण्ड सेवेन ड्वाफर्समा काम गरिरहेका थिए, त्यही बेला उनले मार्जको बारेमा विचार गरेका थिए । १४ वर्षको उमेरमा मार्ज उनीसँग महिलामा एक या दुई दिन काम गर्न थालिन् । उनले दुई वर्षसम्म काम गरिन् । त्यो समयमा उनले हरेक दिन १० डलर पाउथिइन् ।

मार्ज र गोवरले सन् १९४७ मा विवाह गरे र सन् १९७३ मा सम्बन्धविच्छेद गरे । सन्् १९८० मा ६१ वर्षको उमेरमा गोवरको निधन भएको थियो ।


प्रतिक्रिया दिनुहोस !