३० असार २०८१, शनिबार | Sat Jul 13 2024

Logo

किन दु ख्छ छाती, मुटुरोग कि अन्य ? यसो भन्छन् मुटुरोग विशेषज्ञ



छाती दुख्दा मानिस आ त्तिन थाल्छ । धेरैको अनुमान हुन्छ कि मुटुको सम स्याका कारण छाती दु ख्न थालेको । तर, विचार पु-याउने कुरा के भने मुटुकै सम स्याले मात्र छाती दु ख्ने हुँदैन । कतिपय छातीको दुखाइ सामान्य पनि हुन सक्छ । यद्यपि, यस्तो दुखाइ हृदयाघात हुने लक्षण पनि हुन्छ । त्यसैले छाती दु खाइको प्रकृतिबारे थाहा पाउन जरुरी हुन्छ ।

० छातीको सेरोफेरोमा मुटु मात्र नभई फोक्सो, छातीका हड्डी, मांसपेशी पनि हुन्छन् । श्वासनली, खानानली पनि छाती हुँदै फोक्सो र पेटसम्म पुग्छ । छाती र पेटलाई डायफ्राम नामक अंगले छुट्याएको हुन्छ ।

त्यस्तै, फोक्सोलाई ढाक्ने पत्र पनि हुन्छ, जसलाई प्लुरा भनिन्छ । मुटुको बाहिरी भाग ढाक्ने पत्रलाई चाहिँ पेरिकार्डियम भनिन्छ । यीमध्ये कुनै पनि अं गमा समस्या सिर्जना भएमा छाती दु ख्ने सम स्या हुन सक्छ ।

० मुटुका मांसपेशीमा रग त प्रवाह गर्ने रक्तनलीहरूमा संकु चन आए वा बोसो जम्दै गएमा साँघु रिन थाल्छ । यस्तो समस्या आएमा आराम गरिरहेको अवस्थामा चाहिँ त्यस्तो गा ह्रो हुँदैन तर काम गर्दा, उकाली–ओराली गर्दा मुटुमा अधि क दबाब सिर्जना हुन्छ र साँघु रिएको र क्तनलीबाट पर्याप्त रगत प्रवाह हुन सक्दैन ।

यस्तो हुँदा मुटुका मांसपेशीमा अक्सिजनको कमी हुन पुग्छ र छाती दुख्न थाल्छ । रक्तनलीहरू निकै साँघुरो भइसकेको छ भने केही कदम हिँड्दा पनि छाती दुख्ने समस्या हुन्छ । यस्ता मानिसलाई छातीमा ठूलो ढुंगाले थिचेजस्तो, केही चिजले हिर्काएकोजस्तो अनुभव हुन्छ ।

० रक्तनलीहरू साँघुरिएर हुने दुखाइ प्रायः देब्रे पाखुरातिर तथा कहिलेकाहीँ चिउँडोको देब्रे भागतिर दु ख्ने गर्छ । यस्तो अवस्थामा श्वासप्रश्वास गर्न गा ह्रो हुने, छटपटी हुनेजस्ता स्थिति पनि सिर्जना हुन्छ । तर, केही बेर आराम गरेपछि वा गरिरहेको काम चटक्कै छाडेर केहीछिन बस्दा पनि यस्तो दु खाइ निको हुन सक्छ ।

मेडिकल भाषामा यस्तो सम स्यालाई एन्जाइना भनिन्छ । यस्तो समस्या पत्ता लागेमा समयमै जाँच गराउन जरुरी हुन्छ । नत्र, साँ घुरिएको रक्तनलीमा अक स्मात् रगत जम्न गई रक्तनली बन्द भएर हृदयाघात हुनेसमेत खतरा हुन्छ ।यस्तो अवस्थामा रक्तनलीले रगत पु-याउनुपर्ने मुटु का मां सपेशी हरू मर्न थाल्छन् र काम गर्नै नसक्ने स्थितिमा पनि पुग्न सक्छन् ।

० तर, हृदयाघातको दुखाइ भने फरक हुन्छ । यस्तो दुखाइ आराम गरिरहेकै अवस्थामा पनि हुन्छ । हुन त हृ दयाघा तको दुखा इ पनि एन्जाइना प्रकृतिकै हुन्छ । तर, तुलनात्मक रूपमा हृ दयाघा तको दुखा इ बढी र अस ह्य हुन्छ ।


प्रतिक्रिया दिनुहोस !