Wednesday, January 15, 2025

ट्रेन्डिङ :

कीर्तिपुर नगरपालिकामा कांग्रेस उम्मेदवार डंगोल मतान्तर बढाउँदै

spot_img
spot_img
spot_img

काठमाडौं – स्थानीय तहको रिक्त स्थानमा भएको उपनिर्वाचनको मतगणना जारी छ।

कीर्तिपुर नगरपालिकाको प्रमुख पदका लागि भएको उपनिर्वाचनमा नेपाली कांग्रेसका कृष्णमान डंगोलले मतान्तर बढाएका छन्।

उनी प्रतिद्वन्द्वी उम्मेदवारभन्दा ६५९ मतले अगाडि छन्। सोमबार साँझको ताजा मतपरिणाम अनुसार डंगोलले ३३८५ मत ल्याएका छन्।

कीर्तिपुरमा १ देखि ६ वटा वडाको मतगणना गर्दा उनले उक्त मत प्राप्त गरेका हुन्। अहिले ती वडामा १२ हजार ८७२ मत गनिसकिएको छ।

नेकपा एमालेका उम्मेदवारले डंगोललाई पछ्याइरहेका छन्। एमालेका सुरेन्द्र मानन्धरले २७२६ मत ल्याएका छन्।

जारी मतगणनामा कीर्तिपुर नगरपालिकामा नेकपा माओवादी केन्द्र तेस्रो स्थानमा छ। माओवादीका उम्मेदवार शिवशरण महर्जनले २३१७ मत ल्याएका छन्।

मतगणनामा स्वतन्त्र उम्मेदवारहरू धेरै पछाडि छन्। स्वतन्त्र उम्मेदवार राजमान महर्जनले १२०७ मत ल्याएका छन्।

यस्तै, दिनेशकुमार अधिकारीले ९७५ र कविकुमार महर्जनले ७९४ मत ल्याएका छन्।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img
spot_img

हेर्न छुटाउनु भयो कि ?