Tuesday, January 21, 2025

ट्रेन्डिङ :

प्रधानसेनापति सिग्देल चार दिने भारत भ्रमणमा जाँदै

spot_img
spot_img
spot_img

काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देल चार दिने भारत भ्रमणमा जाने भएका छन्। उनी मंसिर २६ गतेदेखि २९ गतेसम्म भारत भ्रमणमा जाने भएका हुन्।

भारतका स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदीको औपचारिक निमन्त्रणमा उनी भारतको भ्रमणमा जाने भएका छन्। सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार भ्रमणका क्रममा उनी भारतका राष्ट्रपतिबाट भारतीय सेनाको मानार्थ महारथीको दर्जाबाट सुशोभित हुने छन्।

सो अवसरमा प्रधानसेनापति सिग्देलले भारतका उच्च पदस्थ पदाधिकारीसँग भेटघाट गर्नुका साथै भारतीय सैनिक प्रतिष्ठानमा तालिमरत अधिकृत क्याडेटहरूको अन्तिम दलेल कवाजमा प्रमुख अतिथिको रूपमा सहभागी हुने कार्यक्रम छ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img
spot_img

हेर्न छुटाउनु भयो कि ?