Sunday, January 19, 2025

ट्रेन्डिङ :

सुदूरपश्चिमले दियाे काठमाडौं गुर्खाजलाई १६८ रनको लक्ष्य

spot_img
spot_img
spot_img

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तरगत आज भएको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले काठमाडौं गुर्खाजलाई जितका लागि १६८ रनको लक्ष्य दिएको छ ।

 टस हारेर पहिले ब्याटिङकोनिम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १६७ रन बनाएकाे हाे । सुदुरपश्चिमका लागि स्कटल्यान्डका ब्याट्सम्यान ब्रान्डन म्याकमुलनले अर्धसतक नघाउन सफल भए, उनले ३६ बलमा ४ छक्का र ३ चौका सहित ५३ रन बनाएर आउट भएका थिए ।

काठमाडौँ गुर्खाजले सुदूरपश्चिम रोयल्सविरुद्ध पहिले फिल्डिङ गरेकाे थियाे, टस जितेर काठमाडौँले सुदूरपश्चिम रोयल्सविरुद्ध पहिले बलिङ गर्ने निर्णय लिएको थियाे । हिजोको खेलमा काठमाडौंले कर्णाली याक्सलाई तीन विकेटले पराजित गर्दै पहिलो जीत हासिल गरेको थियाे भने बिराटनगरलाइ हराउँदै सुदुरपश्चिम बिजयी भएर अाएकाे टाेली हाे । यसअघि दुवै बिजयी टाेली एक अर्कालाइ पराजय गराउन मैदानमा उत्रदैँछन् ।

आज हुने पहिलो खेलमा  काठमाडौं गोर्खाजको नेतृत्व करण केसीले नेतृत्व गर्दैछन् भने सुदुरपश्चिमवाट दिपेन्द्र सिंह एेरीले नेतृत्व गर्ने छन्  ।

एनपीएल गत शुक्रवारवाट सुरू भएको थियो ।  एनपीएलको विजेता टोलीले १ करोड ११ लाख रुपैयाँ पाउने भएको छ । एनपीएलको उद्घाटन कार्यक्रममा विजेता टोलीले १ करोड ११ लाख रुपैयाँ पाउनेछन् भने  प्रतियोगिताको उपविजेताले ५० लाख, तेस्रो हुने टिमले ३० लाख र चौथो हुने टिमले २० लाख रुपैयाँ पाउने आयोजकले जनाएको छ।

काठमाडौं गुर्खाज

करण केसी – मार्की, शाहब आलम, भीम सार्की, रसिद खान, शंकर राना, दिपेशप्रसाद कँडेल, सुमित महर्जन, कृष्ण कार्की, विवेक केसी, प्रतीक श्रेष्ठ, राजु रिजाल, नेथन सोउटर (इंग्ल्यान्ड), स्टेफन इस्किनाजी (इंग्ल्यान्ड),  ड्यान डौथवेट (इंग्ल्यान्ड), माइकल लेभिट (नेदरल्यान्ड्स),  जेहार्ड एरासमस (नामिबिया), कृष कार्की (आइकोनिक)।

सुदूरपश्चिम रोयल्स 

दीपेन्द्रसिंह ऐरी – मार्की, आरिफ शेख, अभिनास बोहरा, विनोद भण्डारी, इशान पाण्डे, अर्जुन कुमाल, खडकबहादुर बोहरा, नरेश बुढायर, भोजराज भट्ट, अमित श्रेष्ठ, नरेन साउद, ब्रान्डन मक्मलेन (स्कटल्यान्ड), सेफ अलि जेब (इंग्ल्यान्ड), स्कट कुगेलेइन (न्युजिल्यान्ड), रोहन मुस्तफा (युएई), बसन्त खत्री (आइकोनिक)।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img
spot_img

हेर्न छुटाउनु भयो कि ?