Thursday, January 23, 2025

ट्रेन्डिङ :

स्वास्थ्य बिमा सुधार गर्न गठित समितिले बुझायो प्रतिवेदन

spot_img
spot_img
spot_img

काठमाडौं, १९ पुस । स्वास्थ्य बिमा क्षेत्र सुधार गर्न गठित सुधार समितिले प्रतिवेदन बुझाएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेललाई समितिले आज प्रतिवेदन हस्तान्तरण गरेको हो।

मन्त्रालयमा आयोजित प्रतिवेदन हस्तान्तरण कार्यक्रममा स्वास्थ्यमन्त्री पौडेलले प्रतिवेदनले सुझाव दिएका बुँदाहरु कार्यान्वयन गरिने प्रतिबद्धता व्यक्त गरेका छन ।

‘बिमा क्षेत्रमा सुधार गर्ने हुटहुटी छ। यो प्रतिवेदनले स्वास्थ्य बिमा सुधार गर्नुपर्ने योजना र विषयवस्तु समेटेको छ। प्रतिवेदन अध्ययन गरेर यसलाई लागू गर्नेछौँ,’ प्रतिबेदन बुझ्दै उनले भने ।

गत असोज ९ गते वरिष्ठ जन स्वास्थ्य विज्ञ डा.शम्भुप्रसाद आचार्यको संयोजकत्वमा मन्त्री पौडेलले स्वास्थ्य बिमा सुधार गर्न नौ सदस्यीय समिति गठन गरेका थिए।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img
spot_img

हेर्न छुटाउनु भयो कि ?