Monday, March 17, 2025

ट्रेन्डिङ :

अध्यादेशबारे निर्णय गर्न उपेन्द्र यादव पार्टीका नेताहरूसँग

spot_img
spot_img

काठमाडौं – सरकारले प्रतिनिधिसभामा पेश गरेका ६ वटा अध्यादेशबारे निर्णय लिन जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव छलफलमा जुटेका छन्।

उनी उपाध्यक्ष राजकिशोर यादवसहितका नेताहरूसँग अध्यादेशबाट निर्णय लिने अन्तिम कसरत गरिरहेका छन्।

सरकारले माघ १८ गते प्रतिनिधिसभामा ६ वटा अध्यादेश पेश गरेको थियो।

प्रतिनिधिसभामा सत्तारुढ दल कांग्रेस-एमालेको बहुमत छ।

तर, राष्ट्रिय सभामा सत्तारुढ दलको बहुमत छैन। त्यसका लागि तीन जना सांसद आवश्यक पर्छन्, जो यादवको पार्टीमा छन्।

राष्ट्रिय सभामा ५९ सांसदमध्ये बहुमत पुग्न ३० सांसद आवश्यक पर्छ। एमाले-कांग्रेससँग २६ सांसद छन्। लोकतान्त्रिक समाजवादी पार्टीको राष्ट्रिय सभामा एक सिट छ। सरकारमा रहेकाले लोसपा अध्यादेशको पक्षमा छ।

अन्य आवश्यक तीन संख्या पुर्‍याएर अध्यादेश पास गर्न सरकारलाई चुनौती थियो। बिहीबार अध्यादेशबारे निर्णयका लागि दुबै संसदको बैठक बोलाइएको छ।

जसपा अध्यक्ष यादवले यसअघि प्रधानमन्त्री केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफल गरिसकेका छन्। ओली र देउवाको सन्देश लिएर उनी पार्टीका नेताहरूसँग निर्णायक छलफलमा छन्।

अध्यादेशको पक्षमा उभिएसँगै जसपा कांग्रेस-एमाले सरकारमा सामेल हुनसक्ने आँकलन गरिएको छ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?