Friday, February 7, 2025

ट्रेन्डिङ :

त्रिपुराकोटमा दशैँको टीका लगाउने साइत साँझ मात्र !

spot_img
spot_img
spot_img

डोल्पा- नेपालभर ज्योतिषको साइतअनुसार दशैँको टीका जमरा लगाउने गरे पनि डोल्पाको त्रिपुराकोटमा आफ्नै साइतमा लगाउने गरिन्छ। त्यहाँ साँझबाट मात्र टीका जमरा लगाउन शुरु हुन्छ। प्रसिद्ध शक्तिपीठका रुपमा रहेको त्रिपुरा सुन्दरी मन्दिरमा बेलुकाको नित्यपूजापाठपछि मात्रै स्थानीयले आफ्नो घरमा टीका जमरा लगाउन शुरु गर्ने पूजारी भानुचन्द्र उपाध्यायले बताउँछन्। त्रिपुराकोटमा परापूर्वकालदेखि नै छुट्टै साइतमा टीका जमरा लगाउने गरिएको हो।

“नेपालभर टीकाको एउटै साइत भए पनि त्रिपुराकोटमा भने आफ्नै फरक साइतमा लगाइन्छ”, उनी भन्छन्, “त्रिपुराकोटवासीले मन्दिरमा नित्य पूजाआजाका लागि दशमीको दिन बिहानै प्रत्येक घरबाट जमरा टीका चढाउन लैजाने गर्छन्।”  दशैँको औँशीदेखि दशमीको दिनसम्मको नवरात्र अवधिमा पूजाआजाका लागि आएका ब्राह्मण र पूजारीबीच एक अर्कामा जमरा टीका लगाएर बिदाइ गरेपछि मात्र सबैले आ–आफ्नो घरमा टीका लगाउन शुरु गर्ने चलन छ।

त्रिपुराकोट बाहेक जिल्लाका दुनै लिकु, पहाडा, रह, जुफाल, माझफाललगायत अन्य स्थानमा भने ज्योतिषका साइत अनुसार नै जमरा टीका लगाइन्छ। ज्योतिषका अनुसार आज बिहान १० बजेर १९ मिनेटमा देशैभर टीकाको उत्तम साइत भए पनि त्रिपुराकोटमा भने आज बेलुकादेखि मात्र जमरा टीका लगाउन शुरु हुन्छ। त्रिपुरा सुन्दरी मन्दिरमा नवरात्र अवधिभर पूजाआजा गर्नका लागि जिल्लाका विभिन्न गाउँबाट ब्राह्मण तथा भक्तजनहरु आउने गर्दछन्। मन्दिरको पूजाआजा व्यवस्थापनका लागि ब्राह्मण, निसानी, छडिदार, फुलारा, दमाइ र कुलाललाई विशेष जिम्मेवारी तोकिएको हुन्छ।

जसअनुसार ब्राह्मणलाई पूजाआजा गर्ने, निसानीलाई निसान बोक्ने, छडिदारलाई राङ्गाबोका वली काट्ने, फुलारालाई देवीको फुलको डोला बोक्ने, दमाइलाई बाजागाजा बजाउने र कुलाललाई राङ्गा वलीका लागि बाबियोको डोरी बाँध्ने जिम्मेवारी दिइएको हुन्छ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img
spot_img

हेर्न छुटाउनु भयो कि ?