१५ मंसिर २०७९, बिहीबार
 |   Thu Dec 1 2022
Logo

नवलपरासीमा हत्या गरिएका सन्तको हत्यारालाई कारबाहीको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र



नवलपरासी- नवलपरासीमा हत्या गरिएका सन्तको हत्यारालाई कारबाहीको माग गर्दै विश्व हिन्दू परिषद, नेपालले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । कार्तिक ९ गते नवलपरासी पश्चिमको सुस्ता गाउँपालिका वडा नं. ४ नर्सही, पश्चिम डाडी स्थिति हनुमान मन्दिरका पूज्य सन्त श्री महगु केवटको हत्या गरिएको थियो ।

पत्रमा भनिएको छ, ‘नेपालमा साधुसन्त समेत सुरक्षित नरहनु दुर्भाग्यपूर्ण हो । सम्पूर्ण हिन्दू धर्मावलम्बीहरूको आस्थासँग जोडिएको साधु–सन्तहरुको सृंखलाबद्ध हत्या एवं साधु–सन्तमाथि सांघातिक आक्रमणले सम्पूर्ण सनातनी समाज मर्माहीत तथा आक्रोशित भएको छ । उक्त अमानवीय घटनाको विहिप नेपाल कडा शब्दमा निन्दा गर्दछ । हत्यामा संलग्न अपराधीलाई यथाशीघ्र कानुनी दायरामा ल्याई सार्वजनिक गरी कारवाही गरियोस् साथै मृतक सन्तलाई सहिद घोषणा गर्दै सन्तसमाजको सुरक्षा–व्यवस्था मिलाउन सरकार समक्ष विहिप नेपाल माग गर्दछ ।’


प्रतिक्रिया दिनुहोस !


%d bloggers like this: