२२ माघ २०७९, आईतवार
 |   Sun Feb 5 2023
Logo

प्रधानमन्त्री ओलीद्वारा राष्ट्रपतिबाट टीका ग्रहण



तस्वीर: प्रधानमन्त्रीकाे सचिवालय।

काठमाडाैं। प्रधानमन्त्री केपी शर्मा ओलीले विजयादशमीका अवसरमा आज राष्ट्रपति विद्यादेवी भण्डारीबाट टीका लगाएका छन्। धर्मपत्नी राधिका शाक्यका साथ शितलनिवास पुगेका प्रधानमन्त्री ओलीले राष्ट्रपतिबाट टीका ग्रहण गरेका हुन्।

राष्ट्रपति भण्डारीले प्रधानमन्त्री र उनकी धर्मपत्नी शाक्यलाई टीका तथा जमरा लगाइदिएकी थिइन्। यसअघि राष्ट्रपति भण्डारीले आमा मिथिला पाण्डेका हातबाट टीका लगाएकी थिइन्। यसैगरी वालुवाटारमा प्रधानमन्त्री ओलीले धर्मपत्नी शाक्यलाई टीका तथा जमरा लगाइदिएका थिए।

कोरोना भाइरस सङ्क्रमणको सम्भावित जोखिमलाई ध्यानमा राखी राष्ट्रपति र प्रधानमन्त्रीबाट यो वर्ष ‘सार्वजनिक टीका कार्यक्रम’ राखिएको छैन।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय