Monday, March 17, 2025

ट्रेन्डिङ :

नोबेल पुरस्कार बिजेताले पनि अनुदानमा पुस्तक लेख्छन्, याे सामान्य अभ्यास हाे : जीवा लामिछाने

spot_img
spot_img

काठमाडौं, ५ फागुन । चर्चित लेखक तथा नियात्राकार जीवा लामिछानेले अनुदानमा पुस्तक लेख्ने प्रचलन विश्वभरी सामान्य अभ्यास भएको बताएका छन् ।

पछिल्लो समय मुख्यतयाः अमेरिकन सहयोग नियोग युएसआइएडको सहयोगमा लेखिएका पुस्तक र लेखकका बारेमा चर्चा परिचर्चा भइरहदाँ लेखक लामिछानेले भने यसलाइ सामान्य अभ्यास भएको बताएका हुन ।

‘अनुदान (ग्रान्ट) लेखनका संबन्धमा’ भन्दै लेखक लामिछानेले सामाजिक सञ्जालमा अनुदान (ग्रान्ट) लेखन संसारभरि नै सामान्य अभ्यास मानिने गरिएको जनाएका हुन ।

‘लेखकहरूलाई आर्थिक बोझबाट स्वतन्त्र भएर आफ्नो सिर्जनशील काममा केन्द्रित हुन अनुदान तथा फेलोशिपहरू दिने गरिन्छ । त्यसैले, वास्तविक बहस अनुदान कसले पायो भन्ने होइन, त्यसबाट लेखिएका कृति कस्ता छन भन्ने विषयमा केन्द्रित हुनुपर्छ,’ उनले लेखेका छन, ‘पछिल्लो समय सामाजिक सञ्जालमा यस विषयलाई लिएर घृणायुक्त बहस हुनु दुःखद हो ।’

उनले अगाडी लेखेका छन, ‘सर्जकले अनुदान पाएर सिर्जना गर्नु कुनै अपराध होइन । बरु प्रश्न उठ्नुपर्ने भनेको त्यो लेखनले समाजलाई फाइदा पुर्‍यायो कि हानि गर्‍यो भन्ने हो । यदि कुनै पुस्तकले नयाँ दृष्टिकोण दिएको छ, महत्त्वपूर्ण विषय उजागर गरेको छ, वा साहित्यिक संस्कृतिलाई समृद्ध बनाएको छ भने, लेखकले कसरी वित्तीय सहायता प्राप्त गर्यो भन्ने विषय गौण हुनुपर्छ । ’

उनका अनुसार अन्तर्राष्ट्रिय स्तरमा नोबेल पुरस्कार, पुलित्जर पुरस्कार विजेता लेखकहरूले पनि अनुदानको सहयोगमा महत्त्वपूर्ण कृतिहरू लेखेका छन् । ‘टोनी मोरिसन, एडवार्ड जोन्स, कोल्सन ह्वाइटहेड, भियेत थान गुयेनजस्ता चर्चित लेखकहरूले अनुदानबाट लाभ उठाउँदै उत्कृष्ट साहित्य सिर्जना गरेका छन्, अनुदानले सिर्जनात्मकता, अनुसन्धान र बौद्धिक उन्नतिमा टेवा पुर्‍याउने भएकाले यसलाई नकारात्मक रूपमा हेर्नु गलत हो।’

उनी अगाडी भन्छन, ‘यदि नेपाली लेखकहरूले ग्रान्ट लिएर समाजलाई उपयोगी हुने पुस्तक लेखेका छन् भने, त्यो गौरवको विषय हो, आलोचना र घृणाको विषय होइन तसर्थ, बहस साहित्यिक गुणस्तर, लेखनले समाजमा पारेको प्रभाव र बौद्धिक योगदानमा केन्द्रित हुनुपर्छ । व्यक्तिगत पूर्वाग्रहले भरिएका बहसहरूले कसैलाई फाइदा पुर्याउदैन । रचनात्मक आलोचना हुनपर्छ, तर घृणायुक्त बहसले सिर्जनशीलतालाई हानी पुर्याउछ ।’

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?