१० श्रावण २०८१, बिहीबार | Thu Jul 25 2024

Logo

देशभर १७४१ सहित काठमाडौं उपत्यकामा ८९५ जनामा कोरोना संक्रमण पुष्टि



काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ७ सय ४१ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ५९ हजार ८ सय ३० पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार ४ हजार पाँच जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या १ लाख १५ हजार ६ सय ७५ पुगेको छ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ४३ हजार २ सय ९३ रहेको छ भने २ हजार ९ सय ६९ जना क्वारेन्टिनमा छन्। पछिल्लो २४ घण्टामा थप १५ जनाको कोरोनाबाट मृत्यु भएको छ। यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ८ सय ६२ पुगेको छ।

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै ८ सय ९५ जना कोरोना संक्रमित थपिएका छन्। मन्त्रालयका अनुसार काठमाडौँमा ६ सय ७३, भक्तपुरमा ७६ र ललितपुरमा १४६ जनामा कोरोना पुष्टि भएको छ।

हाल काठमाडौँमा १८ हजार ३ सय ७४, भक्तपुरमा १ हजार ४ सय ३५ र ललितपुरमा २ हजार ५ सय २० जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !