Monday, March 17, 2025

ट्रेन्डिङ :

छिमेकी देशमा नै नेपालको ‘डिप्लोम्याट’ कमजोर भयो, चौकीदारले पनि हेप्न थाले : मनिष झा

spot_img
spot_img

काठमाडौं, ६ फागुन । राष्ट्रिय स्वतन्त्र  पार्टीका सांसद मनिष झाले छिमेकमा नै नेपालको ‘डिप्लोम्याट’ कमजोर भएको बताएका छन् ।

भारतको उडिसामा प्रकृति लम्सालको मृत्यु भएको प्रसङ्ग जोडदै सांसद झाले छिमेकी देशसँग ‘डिप्लोम्याट’ कमजोर भएको बताएका हुन ।

‘छिमेक देशमा नै हाम्रो डिप्लोम्याट कमजोर भयो, चौकीदारले पनि सजिलै नेपालीलाइ पिटन पायो, तिम्रो देशका बजेट भन्दा मेरो विश्वबिधालयको बजेट धेरै छ भनेर भनिरहेका छैनन, यो भनेको छिमेकी देशमा हाम्रो आत्मसम्मान छैन् भन्ने हो,’ प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद झाले भने, ‘अब डिप्लोम्याटमा  रि स्ट्रक्चर गर्नुपर्छ।’

उनका अनुसार २२ लाख नेपाली भारतका बिभिन्न सहरमा कार्यरत रहेको तर कुटनीतिमा भने जम्मा १६ जना मात्रै काम गरिरहेका छन । ‘यसले के देखाउँछ भने १ लाख १६ हजार नेपालीलाइ जम्मा १ जनाले हेर्नु पर्ने बाध्यता छ’ उनले भने । उनका अनुसार नेपालीको आत्मसम्मान बढाउने गरी राज्यले कुटनीतिक पहल गर्नु ढिलाइ भइसकेकाे छ ।

उनका अनुसार २० हजार भन्दा बढी बिधार्थी अध्ययनरत रहेकाे जनाउँदै उनले बिधार्थीकाे आत्मसम्मानका लागि सरकारले विशेष पहल गर्न जरूरी भइसक्याे ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?