१४ मंसिर २०७९, बुधबार
 |   Wed Nov 30 2022
Logo

शौंच गर्न गएकी एक युवतीलाई नियन्त्रणमा लिई बलात्कार, अर्की भने भाग्न सफल



राजविराज- सप्तरीको तिरहुत गाउँपालिकामा एक किशोरीमाथि सामूहिक बलात्कार र अर्की एक किशोरीमाथि बलात्कार प्रयास भएको छ । गत शनिबार राति शौच गर्न निस्किएका दुई किशोरीमध्ये एक जनामाथि बलात्कार र अर्की युवतीमाथि बलात्कार प्रयास भएको हो । शौच गर्न निस्किएका दलित समुदायका ती दुई किशोरीलाई एक समुहले नियन्त्रणमा लिई झण्डै चार सय मिटर टाढा लगेका थिए । दुईमध्ये १८ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको हो । अर्की युवती भने भाग्न सफल भएकी थिइन् । सो घटनामा संलग्न भएको आरोपमा प्रहरीले स्थानीय सुनिलकुमार साहलाई पक्राउ गरेको छ । अन्यको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी नरेशकुमार सिंहले शनिबार राति ८ बजे घरनजिकैको बाँसघारीमा शौच गर्न गएको बेला ती किशोरी बलात्कृत भएको बताए ।

पीडित किशोरीकी आमाका अनुसार शौच गर्न गएकी छोरी घर नफिर्कएपछि खोज्दै जाँदा बेहोस अवस्थामा भेटेकी थिइन् भने उनीसँगै गएकी अर्का किशोरी आँत्तिएर घरतर्फ आइरहेको अवस्था भेटिएको उनले बताइन् ।


प्रतिक्रिया दिनुहोस !


%d bloggers like this: