१० श्रावण २०८१, बिहीबार | Thu Jul 25 2024

Logo

जनताको ज्यानभन्दा नेताको कुर्सी प्यारो- कोरोनाको कहरकाबीच बिहारमा पहिलो चरणको मतदान सुरु



एजेन्सी- भारतको बिहारमा विधानसभा चुनाव अन्तर्गत पहिलो चरणको मतदान सुरु भएको छ। २४३ सिट रहेकाे बिहार विधानसभामा पहिलो चरणको मतदान सुरु भएको हो । पहिलो चरणमा बिहारका ६ जिल्लामा कुल ७१ सिटका लागि मतदान सुरु भएको हो।

७१ सिटका लागि जम्मा १ हजार ६६ जना चुनावी मैदानमा छन्। पहिलो चरणको मदतानमा २.१४ करोड मतदाता सहभागी हुने अनुमान गरिएको छ।

कोरोना महामारी सुरु भएयता भारतमा पहिलो पटक चुनाव हुन लागेको हो।

मतदाताहरुका लागि जनस्वास्थ्य मापदण्डको पालना अनिवार्य गरिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्।


प्रतिक्रिया दिनुहोस !